परदेशीलाई अन्त नलाग्न आग्रह गर्दै एलिना (भिडियो)


पालिका पत्र

४ चैत्र २०८०, आईतवार २२:२९ मा प्रकाशित

अनिता क्षेत्री, कपिलवस्तु । बिसाल रायमाझी र पूर्णकला बिसीको स्वरमा ‘हङकङ मलाय’ बोलको नयाँ सन्देशमुलक म्युजिक भिडिओ सार्वजनिक भएको छ । करिब चौध मिनेट लामो भिडिओ भरि अहिलेको युवाहरुको बिदेशीनु परेको पिडालाई लक्षित गरेर परदेशीलाई अन्त लाग्न नहुने सन्देश दिन खोजिएको छ ।

सुन्दर परिवारलाई सानो गल्तीले तहसनहन गरेर आउने परिणाम र गर्भवती श्रीमतीलाई छोडेर बिदेशीनु परेको पिडालाई भिडिओले प्रष्ट रुपमा देखाउन खोजेको छ । बिदेशीने अधिकांश युवाहरुको परिवारमा आउने बिखण्डनलाई गीतले देखाउन खोजेको गायक रायमाझी बताउँछन् ।

भिडिओबारे गायक रायमाझी भन्छन्, ’नेपाली समाजमा पछिल्लो समय देखिएको बिदेश मोह र बिदेशिएका युवाहरुमा देखिएका पारिवारीक बिखण्डनले मन छिया–छिया हुन्छ अनि गर्भवती श्रीमतीले भोग्नुपरेका समस्यालाई मूल्याकंन नगर्ने युवा जमात पनि देखिन्छ । यो समस्या विशेषतः युवाहरुमा बढी देखिने गर्दछ । उनीहरुलाई यो समयमा उचित जागरुक बनाउनु खाँचो हुन्छ । त्यसैले अहिलेका युवाहरुको जल्दोबल्दो अवस्थालाई प्राथमिकतामा राखेर यो भिडिओ बनाएको हो ।’

‘बिदेशिने त बिदेशिएकै हुन्छन् तर कति दुख गरेर श्रीमतीले आफ्ना सन्तानका लागि काम गरिरहेका हुन्छन् त्यो बिदेश जाने श्रीमानले सोच्दैनन् । हरेक समस्याको समाधान पक्कै हुन्छ । त्यसैले बिदेशिनु भन्दा परिवार सँगै बसेर रमाउन सक्नु ठिक हो भनेर पर्दा मार्फत देखाउने खोजेको छु’, उनले भने ।

सार्वजनिक गीतको भिडिओमा एलिना रायमाझी, बिक्रम बुढाथोकी, बिसाल रायमाझी, जयश अधिकारी, नरेश आदि लगायतका कलाकारले अभिनय गरेका छन् । गीतमा बिसाल रायमाझीको शब्द छ । बिश्वास नेपालको म्युजिक तथा एरेन्ज रहेको गीतमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

मारुनी डिजिटलमा रेकर्ड गरिएको गीतमा प्रकाश खड्काको सिनेमेटोग्राफर, दुर्गेश रानाको इडिट, राजकुमार मगरको कलर र राजकुमार फिल्मस्को पोष्ट प्रोडक्सन छ । गितको भिडियो त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल सेरोफेरोमा छायांकन गरिएको छ ।
भिडिओलाई गायक बिसाल रायमाझीले निर्देशन गरेका छन् । भिडिओ रायमाझीको आफ्नै आधिकारिक युट्युब च्यानल ’बिसाल रायमाझी’ मार्फत सार्वजनिक भएको छ ।

अर्घाखाँची जिल्लामा जन्मिएर गितसंगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका रायमाझीका चर्चित गीतहरु भिरको डाले घाँस, परदेशीले बिर्सियो घर, बेइमानी मायाले, सिर्की घाँटीमा, पानी केलाई पछ्यौरी धुनलाई, नक्कली भेना, चिया सस्तो छ लगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्