बाणगङ्गाको जनता मावि राष्ट्रमै दोस्रो स्थानमा


पालिका पत्र

१४ जेष्ठ २०८१, सोमबार १५:३६ मा प्रकाशित


बाणगङ्गा, जेठ १४ ।
बाणगङ्गाको जनता मावि सामुदायिक विद्यालय तर्फ नेपाल भरिमै दोस्रो स्थानमा रहेको छ । माध्यामिक शिक्षा परीक्षामा कम्तिमा १ सय भन्दा बढि विद्यार्थी सहभागि गराई ३० प्रतिशतभन्दा बढि विद्यार्थीले औसत स्तरीकृत अङ्क (जिपिए) ३ .२ प्रतिशत वा सो भन्दा माथि अङ्क प्राप्त गर्ने १५ सामुदायिक विद्यालय मध्य दोस्रो स्थानमा पर्न सफल भएको छ । बाणगङ्गा नगरपालिकाकै एक मात्र नमुना विद्यालय जनता मावि प्रदेशमै एक नम्बरमा रहेको छ । 


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको छ । तथ्याङ्क अनुसार मोरङ्गको पोखरिया मावि प्रथम स्थानमा छ त्यस अनुसार  बाणगङ्गाको जनता मावि पिपरा दोस्रो स्थानमा छ । 


गत वर्षको एसइइ नतिजालाई आधार बनाएर मन्त्रालयले सर्वेक्षण गरेको थियो । जस अनुसार जनता मावि पिपरामा २ सय ९८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । सहभागि परीक्षार्थी मध्य औसत  स्तरीकृत औसत स्तरीकृत अङ्क (जिपिए) ३.२ प्रतिशत वा सो भन्दा माथि अङ्क प्राप्त गर्ने ६२ .२८ प्रतिशत विद्यार्थी रहेको तथ्याङ्कले देखाएको छ । 

यो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्