‘रेमल चक्रवात’को ताण्डव : ‘विद्युत प्राधिकरणका कर्मचारीको ज्यान गयाे’


पालिका पत्र

१५ जेष्ठ २०८१, मंगलवार १०:३३ मा प्रकाशित

जेठ १५ गते । करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तौलिहवामा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।जिल्लाको यशोधरा गाउँपालिका ६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

सोमबार साँझ आएको रेमल चक्रवातको प्रभावको कारण बिग्रिएको ट्रान्सफर्मर बनाउने क्रममा साढे ८ बजेतिर यशोधरा गाउँपालिका २ गणेशपुरका ३२ वर्षीय हरिस चन्द्र मिश्रालाई करेन्ट लागेको हो ।

मिश्रा बिगत केही वर्ष अघिदेखि विद्यूत प्राधिकरण वितरण केन्द्र तौलिहवामा कार्यरत थिए । उनी ज्यालादारी प्राविधिक कर्मचारी रहेको जनाइएको छ ।

मृतकको शवलाई पोस्टमार्टम लागि कपिलवस्तु अस्पताल तौलिहवा ल्याइएको छ । घटनाको अनुसन्धान भर्इरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्