कपिलवस्तुमा इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी


पालिका पत्र

२८ असार २०८१, बिहीबार १८:०८ मा प्रकाशित

असार २७ गते । कपिलवस्तुको एक इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ । बुधबार मध्यरात कपिलवस्तु नगरपालिका वडा नम्बर १ चौकबजार स्थित मनकामना इलेक्ट्रोनिक्सको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको केही घण्टाभित्रै स्थानीय, प्रहरी र कपिलवस्तु नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रण लिएको हो । आगलागीबाट इलेक्ट्रोनिक्स सामग्रीहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक हरि बहादुर वलीले जानकारी दिनुभयो ।

गोदामको विद्युत् सट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । सोहि नगरपालिका वडा नम्बर ३ महिता स्थित अजय कशौधनको इलेक्ट्रोनिक्स गोदाम घरमा आगलागी हुँदा करिब ५० लाख बढिको क्षति भएको संचालकले जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्