लुम्बिनी प्रदेशका २६ पालिकामा निःशुल्क रक्त प्रदान अभियान सुरु, अन्य ८३ पालिकाहरू अझै अलमलमा


पालिका पत्र

१६ श्रावण २०८१, बुधबार १२:२० मा प्रकाशित

पालिका पत्र, साउन १६ । मानिसको ज्यान बचाउनको लागि महत्वपूर्ण मानिएको रगत र रक्त तत्वको केहीबर्ष पहिला रक्तसञ्चार सेवा केन्द्रबाट लिँदा ९५० रूपैयाँ तिर्नुपर्ने अवस्था थियो । रक्तदाताहरूले निःशुल्क रूपमा प्रदान गरेको रगतको समेत रकम तिर्नुपर्ने अवस्थारहेको थियो । तर अहिले लुम्बिनी प्रदेशका केही स्थानीय तहहरूले निःशुल्क रगतको लागि बजेट विनियोजन गरिरहेका छन् ।

लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालमा सेवा लिन आउने जो कोहीको लागि रगत र रक्ततत्व परिक्षणको लागि लाग्ने शुल्क २०७९ साल देखि निःशुल्क गरेको छ । यो अभियान विगत लामो समय देखि चल्दै आएपनि पूर्ण कार्यान्वयनमा हुन सकेको थिएन । प्रदेश सरकारले रगत र तत्व आवश्यक पर्ने विरामीको लागि जुनसुकै स्थानीय तहको विरामी यदि सरकारी अस्पतालमा भर्ना भएर उपचार गर्दा लाग्ने रगत बापतको रकम नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रलाई सोध भर्ना दिँदै आएको हो ।

सरकारी अस्पतालमा मात्रै उपचार गर्ने विरामीहरूको लागि प्रदेश सरकारले व्यवस्था गरेपनि निजी, सामुदायिक अस्पतालमा उपचार गर्दै आएका स्थानीयहरूले भने यो सुविधा पाउँदैन ।

यसरी बिरामी भएको व्याक्ति निजी वा अन्य जो सुकै अस्पतालमा उपचाररत भएकोरगत बापत तिर्नुपर्ने ९५० रूपैयाँ प्रदान गरी प्रदेशका २६ वटा स्थानीय तहले भने निःशुल्क रक्तप्रदान अभियान सुरुवात गरेका छन् ।

रूपन्देहीको बुटवल, भैरहवा लगायतका जो सुकै अस्पतालमा भर्ना भएर सेवा लिने ती २६ वटा पालिकाका स्थानीय हरूले रक्तदान बाट प्राप्त भएको रक्ततत्वको लागि नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्रलाई रकम तिर्नुपर्दैन । यसको लागि पालिकाले रक्तसञ्चार सेवा केन्द्रको विचमा सम्झौता गरेको छ । नेपालरेडक्रस सासाइटी रूपन्देही बुटवल रक्तसञ्चार सेवा केन्द्र बुटवलका ईन्चार्ज राधा ज्ञवालीका अनुसार हालसम्म यसरी सम्झौता गरिएका पालिका २६ वटारहेका छन् ।

रूपन्देहीका १६ वटा पालिकाले यसरी जो सुकै अस्पतालमा सेवा लिने रक्ततत्व चाहिने विरामीको लागि रक्तत्व प्रयोग बापत कोरकम सोधभर्ना दिँदै आएको छन् । तर यसमा रूपन्देहीको सैनामैना नगरपालिकाले भने सम्झौता गरेको छैन । सैनामैनाका स्थानीयहरूले रूपन्देहीका सरकारी बाहेकका अस्पतालमा रक्ततत्व आवश्यक परेर प्रयोग गरेमा यसको रकम तिर्नुपर्ने हुन्छ । अन्य सबै पालिकाहरूले भने सम्झौता गरेका छन् ।

२०८० साल असारदेखि २०८१ साउन महिना सम्ममा २२ वटा थप ५ वटा पालिकाले सम्झौता गरेका हुन । जसमा सियारी गाउँपालिका रूपन्देही, शुद्धोधन गाउँपालिका रूपन्देही, विजयनगर गाउँपालिका, ओमसतिया गाउँपालिका, तिलोत्तमा नरपालिका, बुटवल उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका वडा नम्बर १०, सम्मरी माई गाउँपालिका, मर्चवारी,रोहीणी गाउँपालिकारहेका छन् ।


यस्तै गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका, कञ्चन गाउँपालिका, कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, बुद्धभूमि नगरपालिका, देवदह नगरपालिका, सिद्धार्थनगर नगरपालिका, कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका रहेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका, गुल्मी दरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिकार रुरुक्षेत्र गाउँपालिका पनि सम्झौता गरेका छन् ।

यस्तै अर्घाखाँचीको सन्धीखर्क नगरपालिका पनिरक्तसञ्चार सेवा केन्द्र बुटवलर भैरहवा संग सम्झौता गरेको छ । यी २६ वटा पालिकाका स्थानीयहरूले रूपन्देहीका जो सुकै अस्पतालमा रक्ततत्व चाहिएमा निःशुल्क रूपमा प्राप्त गर्न पाउने छन् । जुन प्रयोग बापतको तथ्यांकरेडक्रस सोसाईटीलेराखेर एकमुष्ट पालिकामा भुक्तानीको लागि पठाउँछ र पालिकाले सोधभर्ना गर्दै आएको हो । लुम्बिनी प्रदेशका १ सय ९ वटा पालिकाहरू मध्ये २६ बाहेका अन्य ७३ पालिकाले भने यस्तो प्रकृतिको सम्झौता गरेका छैनन । ती पालिकाबाट आएका बिरामीले सरकारी अस्पतालमा सेवा लिएभने निःशुल्करगत पाउँछ भने अन्य नीजी तथा सामुदायिक अस्पतालमा उपचार गरेमा रक्तसञ्चार सेवा केन्द्र बाटरगत व्यवस्थापन तथा बर्गिकरण, स्टोरेज बापतको ९ सय ५० रूपैयाँ तिर्नुपर्ने हुन्छ ।

वि.सं. २०७९ साउन महिना देखि २०८० असार मसान्त सम्ममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १० हजार ४ सय ११र भिम अस्पताल भैरहवामा १ हजार १ सय ३९ युनिटरगत खपत भएको छ । जसको सट्टा भर्ना प्रदेश सरकारले गरेको हो । यो अभियानमा रूपन्देहीका १४, कपिलवस्तुका ६, गुल्मीका ४ वटा, अर्घाखाँचीको १ वटा गरी २६ वटा पालिका जोडीएका हुन । अघिल्लो आर्थिक बर्ष २०८०/०१ मारक्तसञ्चार सेवा केन्द्र बुटवल, भैरहवा सेवा एकाई समेत गरी ४ सय ५६ वटा संघ संस्थाले ३सय ३५ वटा कार्यक्रम आयोजन गरी २६ हजार १ सय २८ युनिटर सोधभर्ना मापत ४५६ युनिटर अन्य जन्मदिन, पुन्य तिथि, व्यक्तिबाट ५ हजार ५ सय ५१ युनिट गरी कुल ३१ ह्जार ६ सय ७९ युनिटरगत संकलन गरिएको नेपालरेडक्रस सोसाईटी बुटवल रक्तसञ्चार सेवा केन्द्रका ईन्चार्ज राधा ज्ञवालीले जानकारी दिईन ।

बुटवलमा वि.सं. २०४५ साल असोज ६ गते लियो क्लव अफ बुटवलले पहिलो पटक १५ जना पुरुषर ३ जना महिला गरी १८ जना बाटरक्तदान अभियानको सुरुवात भएको यसको ईतिहासमा पाईन्छ । नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीलेरगत पूर्ण रूपमा निःशुल्क हुनुपर्ने अभियान चलाईरहेको बताउँछन् । कुनै पालिकाका बिरामीले निजी तथा समुदायिकमा उपचार गर्दा निःशुल्करगत पाउनेर अर्को पालिकाका विरामीले उपचार गर्दारकम लिने गरी गरिएको विभेद अन्त्य गरीरगत पूर्ण रूपमा निःशुल्क हुुनुपर्ने उनको भनाई छ । वुटवल टुडे साभार

प्रतिक्रिया दिनुहोस्