पालिकापत्र
काठमाण्डौं, साउन २२ ।
बाल सुधार गृह भक्तपुरका ४८ बालकलाई चार दिने एडभान्स मेडिटेशन शिविर सम्पन्न गरिएको छ । द आर्ट अफ लिभिङ्गको सहयोगमा युसेप नेपाल संस्थाले चार दिने शिविर आयोजना गरेको हो । तालिमकी मुख्य मुख्य प्रशिक्षक रितिका लोहियाका अनुसार गुरुदेव श्री श्री रविशंकर द्वारा स्थापित द आर्ट अफ लिभिङ्गको उद्देश्य हिसा मुक्त समाज, रोग मुक्त शरिर र तनाव मुक्त मन रहेको छ । शिवीरमा मुख्य प्रशिक्षक रितिका सगै काब्य लम्साल तथा दि आर्ट अफ लिभिङ का अन्य प्रशिक्षक हरुले सहजिकरण गरेका थिए । १८० भन्दा बढी राष्ट्रहरूमा यो अभियान सञ्चालन छ । शिवीरमा गरिएको योग ध्यानले युबा, महिला र बालबालिकाहरुमा सकरात्मक सोच विकाश गरी विगतको घटनाको पश्चातापबाट निस्किदै मन निष्चल हुने आयोजकको बुझाई छ । कार्यक्रमले उनिहरुमा उत्साह, उमंग, खुसीका साथ आउँदा दिनमा समाजमा फर्केर सामान्य तरिकाले जीवनलाई अगाडि बढाउन मद्दत पुग्ने प्रशिक्षक रितिकाले बताईन ।
कार्यक्रम पछि सुधार गृह भक्तपुरका बालकहरुले शिविरमा सहभागिता जनाए सगै आफुहरुमा सकारात्मक भावनाको बिकास भएको बताए । जीवनलाई अब सकारात्मक ढंगले अगाडि बढाउने र समाजमा गएर अरुको सेवामा खटिने प्रतिबद्धता जनाए । कार्यक्रमबाट भाईहरुमा आएको परिवर्तन देखेर निकै खुसी व्यक्त गर्दै यो ध्यान गर्ने अभ्यास निरन्तर गर्न सकेमा मात्र यसको वास्तबिक उद्देश्य पुरा हुने यसेप नेपालकि उपनिर्देशक शोभा भण्डारी बिश्वास व्यक्त गरिन । चार दिन सम्म दैनिक १२र१४ घण्टा सहभागी बालकहरुको जिवनमा सकारात्मक भावनाको बिकास गर्न शिविरले सहयोग गरेको उनको बुझाई थियो । शिविरमा आयोजितत कार्यक्रमलाई प्रभावकारी बनाउन भुमिका खेलेकोमा उपनिर्देशक भण्डारीले द आर्ट अफ लिभिङ्गको टोलीलाई बिशेष धन्यबाद दिईन ।
बिभिन्न परामर्श तथा सचेतना कार्य का साथै शिपमुलक तालिम हरु प्रदान गरि युवा र महिलालाई आत्मनिर्भर बनाउने युसेप नेपाल संस्थाले उद्देश्य राखेर कार्य गर्दै आएको छ । नेपालभर रहेका ९ वटा बालसुधार गृह मध्ये ४ वटा मा भने बिगत लामो समय देखि युसेप नेपालले ब्यवस्थापनमा सहयोग गर्दै आइरहेको छ । भक्तपुरमा जम्मा २ सय ५२ जना बलबिज्याइकर्ता छन जसमा ३९ जना बालिकाहरु छन ।