कपिलवस्तु, १ वैशाख ।
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं ५ स्थित ए भि एम एकेडेमिले ११ औ वार्षिकोत्सव, नतिजा प्रकाशन तथा अविभावक भेला सम्पन्न गरेको छ ।
कार्यक्रममा बिद्यालय व्यवस्थापनका अध्यक्ष शिवकला बेल्बासेको अध्यक्षता, जिल्ला प्यावसन कपिलवस्तुका सल्लाहकार बासुदेव घिमिरेको प्रमुख आतिथ्यता, शैक्षिक व्यक्तित्व एवम समाजसेवि झविलाल पोख्रेलको बिशिष्ट आतिथ्यता, लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधि, पुर्व अध्यक्ष, जनप्रतिनिधि, टोलबिकास संस्थाका अध्यक्ष, कोपवा स्वास्थ्य चौकिका प्रमुख, खानेपानि महासंघ कपिलवस्तुका अध्यक्ष, एनआइसि एसिया बैंकका शाखा प्रमुख, वाणगंगा ५का बाल मैत्रि संजालका सहजकर्ता, अभिवावक एवम बिद्यार्थिहरुको उपस्थितमा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि घिमिरेले कार्यक्रम शफलताको शुभकामना व्यतm गर्नु भएको थियो ।
उहाले शैक्षिक शुधारका लागि शिक्षक र अभिभावक दुवैले आ आफ्नो जिम्मेवारि पुरा गर्नु पर्ने कुरामा जोड दिनुका साथै प्यावसनले त्यसका लागि सहज वातावरण सिर्जना गरेको पनि बताउनु भयो ।
बिशिष्ट अतिथि पोखरेलले शिक्षा सुधार समाजको महत्व पुर्ण आधार भएको उल्लेख गर्दै बालबालिकाको समग्र विकाशको लागि शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो भने कोपवा स्वास्थ्य चौकी जिवन खनालले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रमलाइ अनुशासित, सभ्य र भव्य रुपमा सम्पन्न गरिएको भन्दै प्रशंशा पनि गर्नु भएको थियो ।
उद्घाटन संगै साना विद्यार्थिहरुले पञ्चेबाजा प्रस्तुत गरी सबैको ध्यानाकर्षण गरेका थिए । कार्यक्रममा नृत्य, संगित, करांते लगायत विविध सास्कृतीक तथा अतिरिक्त क्रियाकलापका आकर्षण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सि इ ए इन्चार्ज निर्मला खनालले स्वागत मन्तव्य व्यक्त गर्नूभएको थियो भने विद्यालय इन्चार्ज जमुना आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।
