कपिलवस्तुको शिवलवा : सेटिङ्गमै सीमा क्षेत्रमा चामलको तस्करी


५ भाद्र २०८१, बुधबार १०:३१ मा प्रकाशित

भदौ ५ गते । कपिलवस्तुको सीमावर्ती शिवलवा क्षेत्रबाट अवैध तरिकारले चामल तथा अन्य खाद्यबस्तु तस्करी हुने गरेको छ । शुद्धोधन गाउँपालिका, ५ शिवलवा बोर्डरबाट दैनिक जस्तो अवैध तवरले खाद्यबस्तु नेपाल तर्फ भित्रिने गरेको पाइएको हो ।

तस्करीमा नेपाल र भारतीय गरि दर्जनबढि ब्यापारी संलग्न रहेको श्रोतको भनाइ छ । दैनिक रुपमा साइकल, मोटरसाइकल मार्फत चामल ओसार्दै चामल उद्योग र मिल संचालन गरि नेपाल तर्फका ब्यापारीले अन्यत्र निकाशा गर्ने गरेको पाइएको छ ।

भारत सरकारले आफ्ना नागरिकका लागि कोटा प्रणालीमा एसबीआई मोटा चामल अहिले नेपाल तर्फ निर्वाध रुपमा तस्करी भइरहेको छ । भारतको सिद्धार्थनगर जिल्ला अमहवा बजारमा उक्त कोटाको चामल संकलन गरि ब्यापारीले राख्ने गरेको श्रोतको भनाइ छ । उनीहरुले बोर्डरमै पसल दर्ता गरि नेपाल सप्लाई गर्ने गरेको बुझिएको छ ।

शिवलवा नाकामा मूख्य गरि दुईजना भारतीय र तीनजना नेपाली ब्यापारीहरु उक्त तस्करीमा संलग्न रहेको श्रोतले बताएको छ । वर्डपुर बस्ने मनोज जैसवाल, अमहवा बजार बस्ने अन्सार मुसलमान भारतीय ब्यापारी रहेका छन् भने घिराउजोत बस्ने राजकुमार यादव, बिडि यादव र बुडन्तापुर बस्ने गज्जु जैसवाल नेपाली ब्यापारी रहेका छन् ।

घिराउजोतका राजकुमार र बिडि मल, खाद, प्याजको समेत नेपाल तर्फ तस्करीमा संलग्न रहेको श्रोतको दाबी छ । उनीहरुले नक्कली अनलाइन बिल बनाएर, नक्कली क्युआर कोड राखेर प्रहरी प्रशासनलाई झुक्काउँदै गैरकानुनी काम गर्ने गरेका समेत बुझिएको छ ।

यहाँबाट चौबिसै घण्टा चिनी, प्याज, खाद्यान्न र मोटरपार्टस तस्करी भइरहेको छ । तस्करहरूले आफ्नै आन्तरिक सुराकी प्रयोग गरेर सूचना संकलन गर्ने र तस्करीलाई निर्बाध सफल पार्ने गरेको बताइन्छ । तस्करी गरी भित्राइएका समान आउने ठाउँमा प्रहरी चौकीहरू छन् । भारतसँग सीमा जोडिएका यी प्रहरी चौकी र सशस्त्र प्रहरीका बिओपीहरुलाई आर्थिक प्रलोभनमा पारेर भन्सार बिनै सामान तस्करहरूले ल्याउने गरेको स्रोतको दाबी छ ।

स्थानीयका अनुसार यी क्षेत्रबाट राति ११ बजेदेखि बिहान ४ बजेसम्म गाडी र मोटरसाइकलबाट तस्करी हुन्छ भने बिहान ७ बजेदेखि १० बजे समयमा मोटरसाइकल, स्कुटर र साइकलबाट तस्करी हुने गर्छ । यी क्षेत्रबाट आउने तस्करहरू सीमा क्षेत्रमै गोदाम घर बनाएर बस्ने गरेका छन् ।

शिवलवामा सशस्त्र प्रहरी सीमा सुरक्षा चेक पोस्ट (बीओपी) पनि छ । सशस्त्र प्रहरीको काम सीमा क्षेत्र सुरक्षाका साथै तस्करी रोक्नु पनि हो तर, ठाउँ–ठाउँमा बीओपीहरू भएपनि तस्करी रोक्ने कार्य गरेको भने पाइँदैन् ।

यसरी चौबीसै घण्टा खुलेआम तस्करी भइरहँदा प्रहरी प्रशासनले सोधपुछ समेत गर्ने गरेको छैन् । मिलेमतोमा भएको तस्करीका कारण तस्करहरूले ढुक्क भएर सामान ओसारपसार गरिरहेको स्थानीय बताउँछन्‌ । तस्करले बाहिर चामल मिल, चामल उद्योग जस्ता साइनबोर्ड लगाएका छन् तर त्यहाँ न चामल उद्योग छ, न त कुटानीपिसानी गर्ने मेसिन नै ।

आफुहरुले तस्करी नियन्त्रणका लागि नियमित रुपमा चेकजाँचलाई तिब्रता दिइरहेको दाबी शिवलवा बिओपी इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक सुधीर बहादुर खड्काले गर्छन् । यसैगरि हथिहवा स्थित नेपाल प्रहरीका सई प्रहरी नायब निरीक्षक यादव न्यौपाने र खड्काकै मौन समर्थनमा उक्त क्षेत्रमा तस्करीले बढावा पाएको छ ।

तर, प्रहरीकै संरक्षणमा तस्करी मौलाइरहेको र राज्य दोहनमा समेत सहयोगी भूमिका खेलिरहेको सरोकारवाला बताउँछन् । प्रहरीलाई आफैं मिलाएर कारोबार गरिरहेको स्थानीय गल्ला ब्यापारीले बताएका छन् ।

बाहिर बोर्ड झुण्ड्याउँदै सडक छेउमा डिजिटल काँटा राखेर भारतबाट आयातित चामल तौल गर्ने र नेपालको ब्राण्ड प्रिन्ट गरिएका बोरामा प्याकिङ गरेर ट्याक्टरमा लोड गर्ने कार्य त्यहाँ भइरहेको जो–कोहीले हेर्न-कपिलवस्तुको शिवलवा ः सेटिङ्गमै सीमा क्षेत्रमा चामलको तस्करीदेख्न सक्छ । चामल उद्योग दर्ता गरेका ती व्यापारीले नेपालको बिल बनाएर बिक्रीका लागि ट्याक्टरमार्फत कपिलवस्तुको चार नम्बर, अर्घाखाँची, प्युठान, बुटवल र पाल्पा लगायत स्थानमा त्यो चामल पु¥याउने गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्