१५औं कपिलवस्तु महोत्सवको उद्घाटन संस्कृति पर्यटनमन्त्री पाण्डेद्वारा हुने


१७ मंसिर २०८१, सोमबार ०९:२३ मा प्रकाशित

रबिना कडेल, १७ मंसिर

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ आयोजना हुने १५औं कपिलवस्तु महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्ने भएका छन्। महोत्सव यही मंसिर १९ गतेदेखि पौष २ गतेसम्म बाणगंगाको चारनम्बरस्थित बुद्धरंगशालामा सञ्चालन हुनेछ।

कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा हुने यस महोत्सवका संयोजक र संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीका अनुसार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। उद्घाटन मितिभन्दा एक दिन अगावै सबै तयारी सक्ने लक्ष्यसहित काम तीव्र रूपमा अघि बढाइएको क्षेत्रीले जानकारी दिए।

यस महोत्सवमा कृषि, पर्यटन, र औद्योगिक क्षेत्रमा भएका नविनतम् उपलब्धिहरू प्रदर्शन गरिनेछ। महोत्सवले स्थानीय व्यवसाय प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास, र औद्योगिक गतिविधिलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्