तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुदैं


पालिका पत्र

५ फाल्गुन २०८१, सोमबार २१:०८ मा प्रकाशित

फागुन ५ गते । कपिलवस्तुको तौलिहवामा आगामी फाल्गुण ७ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो ।

तौलिहवाको बुद्धपद्म माध्यमिक बिद्यालयको खेलमैदानमा आगामी बुधबार यो कार्यक्रम गरिने कम्पनीले जनाएको छ । कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरूले सहभागिता जनाउन सक्ने सोमबार केदारनाथ अटोमोबाइल्स तौलिहवाले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

माइलेज च्याम्पियनमा सहभागी चालकहरूले तोकिएको इन्धन मात्रामा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वसनीयतालाई उजागर गर्ने कम्पनीको दाबी छ ।

बजाजका मोटरसाइकल मध्ये प्लाटिना अधिकतम माइलेज दिने मोटरसाइकलका रूपमा चिनिन्छ । पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यो मोटरसाइकल ग्राहकवर्गमा निकै लोकप्रिय बन्दै गएको छ ।

यो मोटरसाइकलको विशेषता, माइलेजबारे जानकारी दिन यस च्याम्पियनको आयोजना गरिएको बजाजका क्षेत्रीय प्रमुख प्रकाश शर्माले बताए । प्रतियोगितामा सहभागी उत्कृष्ट चालकहरूलाई विशेष पुरस्कार प्रदान गरिने उनको भनाई छ ।

आयोजकले आम ग्राहक वर्गलाई कार्यक्रममा सहभागी भइ प्लाटिना मोटरसाइकलको दक्षता अनुभव गर्न आग्रह गरेको छ । केदारनाथ अटोमोबाइल्स तौलिहवाका डिलर विनोद पाठकले कार्यक्रममा सम्पूर्ण मोटरसाइकल प्रेमीहरूलाई उपस्थित भई प्रतिस्पर्धा र अनुभव साटासाट गर्न अनुरोध समेत गरे ।

प्रतिक्रिया दिनुहोस्