तिलौराकोट गोल्डकपः देवेन्द्र तामाङको गोलमा मच्छिन्द्र च्याम्पियन


पालिका पत्र

२१ फाल्गुन २०८१, बुधबार २०:१३ मा प्रकाशित

बाणगंगा, फागुन २१ । मच्छिन्द्रका देवेन्द्र तामाङको निर्णायक गोलमार्फत मच्छिन्द्र फुटबल क्लब दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकपको च्याम्पियन बनेको छ । बुधबार बुद्ध रंगशालामा भएको फाइनल खेलमा मच्छिन्द्रले थ्रीस्टार फुटबल क्लबलाई १-० ले पराजित गर्दै उपाधि आफ्नो बनाएको हो ।

खेलको १२औं मिनेटमै देवेन्द्र तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए, जुन अन्ततः जितको आधार बन्यो । उत्कृष्ट प्रदर्शन गरेका उनी ‘म्यान अफ द म्याच’ घोषित भए । जसअन्तर्गत उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पर्न सफल भएको छ । उपविजेता बनेको थ्रीस्टार फुटबल क्लबले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्‍यो ।

सेमिफाइनल चरणमा मच्छिन्द्रले जोङ्ग्री एफसी सिक्किमलाई १-० को रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै, थ्रीस्टारले सेमिफाइनलमा संकटा एफसीलाई १-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

जिल्ला फुटबल संघ, कपिलवस्तुको आयोजनामा फागुन १४ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलिको सहभातिगा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्