
कपिलवस्तु, २७ बाणगंगा । बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ११ वडाको बजेट सिलिङ्ग निर्धारण गरेको छ। कार्यपालिका बैठकमार्फत नगरभित्रका वडाहरूको आवश्यकता, विशेषता र क्षमताका आधारमा न्यूनतम १ करोडदेखि अधिकतम १ करोड ४१ लाख रुपैयाँसम्मको बजेट सीमाङ्कन गरिएको हो।
नगर प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष विष्णु प्रसाद पौडेलका अनुसार बजेट विभाजनका लागि चारवटा प्रमुख मापदण्ड अपनाइएको छ – जनसंख्या घनत्व, भूगोलको स्वरूप, स्थानीय राजस्व सङ्कलनको अवस्था र भौगोलिक विकटता।
“समानता र न्यायिक ढङ्गले बजेट वितरण गर्नका लागि यस्ता मापदण्ड तय गरिएको हो,” प्रवक्ता पौडेलले भने, “विकट र पछाडि परेका वडाहरूले पनि न्यूनतम आधारभूत बजेट पाउने सुनिश्चितता गरिएको छ।”
नगर प्रमुख चक्रपाणी अर्यालले नगरका सबै वडाहरूमा सन्तुलित विकास सुनिश्चित गर्न बजेट बाँडफाँट नीति ल्याइएको बताएका छन् । उनका अनुसार चालु योजनाहरू पूर्ण गरिने र आगामी आवश्यकता अनुसार बजेटको कार्यान्वयन गरिनेछ ।
नगरपालिकाले पहिलो पटक यति स्पष्ट र मापदण्डमा आधारित बजेट सीमाङ्कन गरेको हो, जसले आगामी वर्ष नगरका प्राथमिकताहरूलाई समेट्न मद्दत गर्ने छ।
नगरको कार्यपालिका बैठकबाट आर्थिक बर्ष २०८२/८३ का लागी निति तथा कार्यक्रम निमार्णका लागी नगर प्रमुख चक्रपाणी अर्याल संयोजक रहने गरी समिति गठन गरिएको छ । जसमा नगर उप प्रमुख रिता कुमारी चौधरी , बिषयगत समितिका संयोजकहरु,शाखा प्रमुख सदस्य रहने छन् भने प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनि सदस्य सचिव रहने छन् ।