कपिलवस्तुमा १८ हजारभन्दा बढी सवारीसाधन ट्राफिक कारबाहीमा


पालिका पत्र

४ श्रावण २०८२, शनिबार १९:४१ मा प्रकाशित

कपिलवस्तु, साउन ३।
कपिलवस्तु जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनविरुद्ध एक वर्षको अवधिमा कडाइका साथ कारबाही गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ट्राफिक नियम नमान्ने १८ हजार ८७२ सवारीसाधनलाई कारबाही गर्दै ट्राफिक प्रहरीले १ करोड ४१ लाख ७१ हजार ५ सय रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक पंकज चुदालीका अनुसार, सबैभन्दा धेरै ट्रक तथा टिप्पर कारबाहीमा परेका छन् । ५ हजार ५९२ ट्रक र टिप्परबाट मात्र ६९ लाख ९ हजार ५ सय रुपैयाँ जरिवाना उठाइएको छ।

त्यसैगरी, ४ हजार १३१ मोटरसाइकललाई कारबाही गरी ३५ लाख ९६ हजार रुपैयाँ, २ हजार ७९० जिप तथा कारबाट २४ लाख ५ सय, ५६० बसबाट ६ लाख ५ हजार ५ रुपैयाँ, ३६६ ट्याक्टरबाट ३ लाख ६६ हजार तथा अन्य ४३३ सवारीसाधनबाट ३ लाख ८५ हजार ५ सय रुपैयाँ जरिवाना संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्