कपिलवस्तुका आठ पालिकामा स्थानीय बिदा


पालिका पत्र

१९ कार्तिक २०८२, मंगलवार २१:२१ मा प्रकाशित

कपिलवस्तु, १८ कार्तिक ।
कार्तिक शुक्ल पूर्णिमा अर्थात् ‘नहान’ पर्वको अवसरमा कपिलवस्तु जिल्लाका आठवटै स्थानीय तहले बुधबार (कार्तिक १९ गते)का लागि स्थानीय बिदा घोषणा गरेका छन् ।

मंगलबारसम्म कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका, महाराजगंज नगरपालिका र कृष्णनगर नगरपालिकाले बिदा दिने निर्णय गरेका छन् । त्यस्तै, मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका र विजयनगर गाउँपालिकाले पनि कार्तिक शुक्ल पूर्णिमाको दिन स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।

‘नहान’ पर्वको अवसरमा बुधबार कपिलवस्तुको रामघाट र लक्ष्मणघाटमा बृहत् मेला लाग्ने तयारी भएको छ । हरेक वर्षजस्तै यस वर्ष पनि धार्मिक स्नान, दानपुण्य र मेलापर्वमा सहभागी हुन जिल्लाका विभिन्न स्थानबाट भक्तजनहरू आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्