कपिलवस्तुमा २ सय १८ बोरा भारतीय युरिया मल बरामद


पालिका पत्र

२६ कार्तिक २०८२, मंगलवार १९:१८ मा प्रकाशित

कपिलवस्तु, कार्तिक २५।
कपिलवस्तुमा ठूलो मात्रामा भारतीय युरिया मल बरामद गरिएको छ। यशोधरा गाउँपालिका–७ मर्यादपुर सीमा नाकाको पश्चिमपट्टि रहेको एक बगैंचाबाट २१८ बोरा युरिया मल सशस्त्र प्रहरी र भन्सार टोलीले संयुक्त रूपमा फेला पारेका हुन्।

विशेष सूचनाका आधारमा सुठौली भन्सार कार्यालय र सशस्त्र प्रहरी बल बीओपी डंगरीका जवानहरूले संयुक्त रुपमा गरेको खोजतलास क्रममा उक्त मल बेवारिसे अवस्थामा लुकाइ–छिपाइ राखिएको फेला परेको थियो।

भन्सार कार्यालय सुठौलीका प्रमुख किरण बिष्टका अनुसार बरामद मललाई आवश्यक कानुनी कारबाहीका लागि कार्यालयमा ल्याइएको छ।
सुरुवाती अनुसन्धानबाट सो मल अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्