प्रथम कपिलवस्तु डान्स स्टारको उपाधि सन्ध्या परियारलाई


पालिका पत्र

१९ मंसिर २०८२, बिहीबार १०:४९ मा प्रकाशित

बाणगंगा, १८ मंसिर ।
उद्योग व्यापार संघ कपिलवस्तुको आयोजनामा सञ्चालन भएको प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीअन्तर्गत सञ्चालन गरिएको ‘प्रथम डान्स स्टार’ प्रतियोगिताको उपाधि सन्ध्या परियारले हात पारेकी छन् । ३० जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उत्कृष्ट प्रस्तुति मार्फत उनले प्रतियोगिताको पहिलो उपाधि आफ्नो बनाउन सफल भएकी हुन् ।

प्रतियोगितामा अनुष्का थारु द्वितीय स्थानमा रहिन् भने शैलाजा थारु तृतीय घोषित भइन् । यस्तै विविशा क्षेत्री र रचना भट्टराईले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

मंगलबार आयोजित फाइनल प्रतिस्पर्धाको नतिजा ४० प्रतिशत दर्शक भोट र ६० प्रतिशत निर्णायकको निर्णयको आधारमा सार्वजनिक गरिएको संयोजक असिम कडेल क्षेत्रीले जानकारी दिए ।

विजयी सहभागीहरूलाई क्रमशः प्रथमलाई १,११,१११ रुपैयाँ, द्वितीयलाई ७५,५७५ रुपैयाँ, तृतीयलाई ५१,१५१ रुपैयाँ तथा सान्त्वना प्राप्तकर्तालाई ११,१११ रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्