काठमाडौँ, ०७ पुस । काठमाडौँ महानगरपालिका मेयर बालेन साहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन् । भदौ २३ र २४ गतेको घटनामा छानबिन गरिरहेको आयोगले उनलाई बोलाएपछि साहले सोमबार आयोग पुगेर बयान दिएका हुन् ।
आयोग स्रोतका अनुसार करिब २ घण्टा आयोगले साहलाई सोधपुछ गरेको थियो । २३ गतेको घटना देखि २४ गतेको घटना हुँदा कहाँ हुनुहुन्थ्योदेखि सामाजिक सञ्जालका विषयसम्म आयोगले सोधेको थियो । आयोगले सिंहदवार जलाउने प्रसंगदेखि महानगरको सुरक्षा र दमकल समयमा नपुगेको गुनासोसम्ममा प्रश्न सोधेको थियो । शाहले के जवाफ दिए भन्नेबारे केही बताउन नमिल्ने भन्दै आयोगले खुलाउन चाहेन ।
आयोगले २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनमा भएको मानव अधिकार हनन र दमनका विषयमा अलग्गै छानबिन गरिरहेको छ । आयोगले हालसम्म १४६ जनासँग बयान लिएको छ ।

