बाणगंगा,०८ पुस ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले नागरिकको सेवाको लागि एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । पालिकाले पुस २० गते वडा नम्बर ८ स्थित उदयपुर विद्यालयमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने निणर्य गरेको हो ।
सिविरमा नगरपालिका भित्रबाट प्रदान गरिने सबै सेवाहरु प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनिले जानकारी दिए ।
मंगलबार बसेको बाणगंगा नगरपालिका कार्यपालिकाको बैठकले यस्तो निणर्य गरेको हो । बैठकले विभिन्न विकास योजना सुचारु गर्ने तथा आगामी कार्यक्रमहरू तय गर्ने महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले आगामी पुस १६ गते वडा नम्बर ७ को वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । यसैगरी, पुस २० गते वडा नम्बर ८ स्थित उदयपुर विद्यालयमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने, पुस २२ गते नगरपालिकाको सभाहलमा दोस्रो चौमासिक समीक्षा गोष्ठी आयोजना गर्ने तथा पुस २८ गते नगरपालिकाको आफ्नै प्रशासनिक भवनमा नगरसभा आयोजना गर्ने निर्णय भएको प्रवक्ता विष्णु पौडेलले बताए ।
कार्यपालिका बैठकमा हाल बढ्दै गएको चिसो र शीतलहरबाट सुरक्षित रहन नगरवासीहरूलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ । साथै, सामुदायिक तथा साझेदारी वनहरूलाई आफ्ना पायक पर्ने बस्तीहरूमा काठ–दाउरा वितरण गर्न अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि बजेट प्रक्षेपणसम्बन्धी छलफल गरी आवश्यक निर्देशन समेत दिएको छ ।नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा विषयगत शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो । बैठकको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले गर्नुभएको थियो ।

