राप्रपाले कपिलवस्तु–१ मा प्रत्यक्ष तर्फ क-कसलाई सिफारिस गर्‍यो (सुचि सहित)


पालिका पत्र

१० पुष २०८२, बिहीबार १९:४५ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिको विस्तारित बैठकले आगामी निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरू सिफारिस गरेको छ।

क्षेत्रीय कार्यसमितिको निर्णयअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार जनालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। प्रत्यक्षतर्फ सिफारिस हुनेमा ध्रुव बहादुर रायमाझी, डा. माधव पन्थी, राजेन्द्र विक्रम शाह र रामु शर्मा रहनुभएको छ।

यसैगरी समानुपातिकतर्फ विभिन्न समुदाय तथा वर्गको समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी १२ जनाको नाम सिफारिस गरिएको छ। समानुपातिक उम्मेदवारमा राजेन्द्र प्रसाद चौधरी थारु, कृष्ण बहादुर चौधरी, शत्रुघन विलास कुर्मी (चौधरी), गंगाराम बरई, बहुरन पाण्डे, सूर्यकुमार गुरुङ, दुर्गा सिंह थापा, विमला कुमारी पासी, एकलाल नेपाली, प्रकाश भुसाल, भूमिराम गिरी र सरस्वती शर्मा रहनुभएको छ।

पार्टीले समानुपातिक सूचीमा आदिवासी जनजाति, मधेसी, दलित, खस आर्य तथा महिला वर्गको प्रतिनिधित्वलाई प्राथमिकतामा राखिएको जनाएको छ।

क्षेत्रीय तहबाट सिफारिस गरिएका उम्मेदवारहरूको नामावली पार्टीको केन्द्रीय समितिमा पठाइसकिएको र अन्तिम निर्णय केन्द्रीय तहबाट हुने राप्रपाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्