बाणगंगामा नेकपाको चुनाव प्रचार कार्यालय उद्घाटन, कुवरको ‘घोषणाभन्दा परिणाम’को प्रतिबद्धता


पालिका पत्र

१४ माघ २०८२, मंगलवार १९:०७ मा प्रकाशित

कपिलवस्तु ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वाणगंगा नगरपालिकामा चुनाव प्रचार–प्रसार कार्यालयको औपचारिक उद्घाटन गरिएको छ ।

वाणगंगा नगर समितिको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्ण बहादुर कुवरले विकास, सेवा र कामको स्पष्ट हिसाब प्रस्तुत गर्दै ‘घोषणाभन्दा परिणाम’ को राजनीति अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जनताको विश्वासलाई कामबाटै प्रमाणित गर्ने आफ्नो प्राथमिकता रहेको बताउँदै कपिलवस्तु लगाएत क्षेत्र न. १ को समग्र विकासका लागि ठोस योजना सहित अघि बढ्ने उल्लेख गर्नुभयो ।

उद्घाटन कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, जनसम्पर्क र प्रभावकारी प्रचार–प्रसारलाई तीव्रता दिइने बताएका छन् ।

पार्टी नेताहरूले नेकपाले जनताको हकहित, सामाजिक न्याय, सुशासन र दिगो विकासका पक्षमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै कपिलवस्तु लगाएत क्षेत्र न. १ का जनताको विश्वास र साथले आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा युवा नेताहरूले पार्टीको नीति, कार्यक्रम र एजेन्डालाई घर–घरमा पुर्‍याउन एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै निर्वाचनलाई जनमुखी अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्