कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको तीव्र मतदाता भेटघाट


पालिका पत्र

१७ माघ २०८२, शुक्रबार १०:०२ मा प्रकाशित

१६ माघ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका युवा नेता आशिष शर्माले मतदाता भेटघाटलाई तीव्र बनाएका छन्। निर्वाचन मिति नजिकिँदै जाँदा उनले गाउँ–गाउँ, टोल–टोल पुगेर आफ्ना एजेन्डा प्रस्तुत गर्दै आम मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेका हुन्।

शर्माले हालै विभिन्न स्थानमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा सहभागी हुँदै आफू स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन मैदानमा उत्रिएको स्पष्ट पारेका छन्। उनले लामो समय नेपाली काँग्रेस पार्टीभित्र सक्रिय भूमिका निर्वाह गरे पनि पार्टीभित्र आफ्नो योगदानको उचित मूल्यांकन नभएको गुनासो गरेका छन् । यही कारणले पार्टी परित्याग गरी स्वतन्त्र रूपमा जनताको बीचमा आएको उनले बताएका छन्।

“राजनीति पद र शक्तिको लागि होइन, जनताको सेवा र क्षेत्रको समग्र विकासका लागि हुनुपर्छ,” शर्माले भने, “पार्टीभित्र रहँदा धेरै पटक आवाज उठाएँ, तर सुन्ने कोही भएन। त्यसैले अब कुनै दलको छायाँमा नभई जनताको प्रत्यक्ष समर्थन र विश्वासका आधारमा अघि बढ्ने निर्णय गरेको हुँ ।”

प्रतिक्रिया दिनुहोस्