यात्रुबाहक बस तामाकोशी नदीमा खस्यो, ६ जनाको उद्धार


पालिका पत्र

२८ माघ २०८२, मंगलवार १२:०४ मा प्रकाशित

accident – 1

रामेछापको मन्थली नगरपालिका–६ स्थित सेलेघाटको मसानटारमा मंगलबार बिहान यात्रुबाहक बस दुर्घटना भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार काठमाडौंबाट रामेछापको धोबीतर्फ जाँदै गरेको बस सडकबाट करिब १०० मिटर तल खसेर तामाकोशी नदीमा पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनामा परेका ६ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएका सबैलाई उपचारका लागि नजिकको अस्पताल पठाइएको छ, जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

बस नदीको पानीमुनि डुबेकाले बसभित्र कति जना यात्रु थिए भन्ने यकिन हुन नसकेको प्रशासनले जनाएको छ । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धार कार्य निरन्तर जारी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्