कपिलवस्तु जिल्लाको बाणगंगा ८ का स्वघोषित सामाजिक अभियन्ता रिखिराम भट्टराईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सरकारी कागजात सार्वजनिक गरेको कसुरमा उनलाइ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको हो ।
प्रहरीले बैंकलाई पठाएको पत्र सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय तौलीहवामा हिरासतमा राखीएको छ । बुधबार म्याद थप गर्ने कि हाजिरीमा जोडने भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरी रहेको स्रोत बताएको छ ।
उनले यसअघि पनि विभिन्न ब्यक्ति, सघं सस्थाको अभियान्ताका नाममा चरित्र हत्या गर्दै आएकाले साइबर अपराधमा कसुर ठहरीन सक्ने बताइएको छ ।
उनले पछिल्लो समय आफु पुर्व एसएसपि बिक्रम सिंह थापाको नजिकको मान्छे भन्दै धम्काउने र सर्वसाधारणलाई डर त्रास देखाउदै आफुलाई कसैले केही गर्न नसक्ने भन्दै समेत आएका थिए ।

