बचत र सुरक्षित आर्थिक व्यवहारबारे विद्यार्थीलाई प्रशिक्षण


पालिका पत्र

६ चैत्र २०८२, शुक्रबार २०:४० मा प्रकाशित

कपिलवस्तु – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा सञ्चालन कार्यालय वनगाई, कपिलवस्तुद्वारा Global Money Week 2026 को अवसरमा “Smart Money Talks” भन्ने मूल नारासहित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम जनज्योति माध्यमिक विद्यालय, मोतिपुर कपिलवस्तुमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको थियो। कार्यक्रममा करिब ४५ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण शाखा सञ्चालन अधिकृत गिरिराज रेश्मीले गर्नुभएको थियो। सहजीकरणका क्रममा उहाँले “आजको बचत = भोलिको सफलता, स्मार्ट बनौँ, सुरक्षित बनौँ” भन्ने सन्देशमार्फत विद्यार्थीहरूलाई बचतको महत्व, वित्तीय अनुशासन तथा सुरक्षित आर्थिक व्यवहारबारे जानकारी दिनुभयो ।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याएकोमा विद्यालयका प्रधानाध्यापक नारायण घिमिरे तथा कक्षा ११/१२ का संयोजक इन्द्रमणि पाण्डेलाई जनउत्थानको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको थियो। साथै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना समेत व्यक्त गरिएको थियो ।

कार्यक्रममार्फत विद्यार्थीहरूलाई व्यवहारिक वित्तीय ज्ञान प्रदान गर्नुका साथै जिम्मेवार र सचेत नागरिक बन्न प्रेरित गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्