बाणगंगा, कपिलवस्तु ।
नेपाल किसान ट्रेक्टर समिति बाणगंगा–८, कपिलवस्तुको २१ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ। समितिको आफ्नै भवनमा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि चक्रपाणी अर्याल ले समयअनुसार व्यवसायलाई परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले प्रविधिको उपयोग र व्यवस्थापन सुधारमार्फत व्यवसायलाई प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो।
समितिका अध्यक्ष झविन्द्र खनाल ले संस्थाको विकास, सदस्यहरूको हित र सेवा विस्तारमा समिति निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रममार्फत किसान तथा व्यवसायीलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले ट्रेक्टर व्यवसायलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउँदै समितिको भूमिका थप सशक्त बनाउनुपर्ने धारणा राखेका थिए।
