नवजागृति सामुदायिक वनको अध्यक्षमा पदमलाल अधिकारी सर्वसम्मत चयन


पालिका पत्र

१० चैत्र २०८२, मंगलवार ०९:४३ मा प्रकाशित

बाणगंगा, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा रहेको नवजागृति सामुदायिक वन उपभोक्ता समूहको सातौं अधिवेशनबाट पदमलाल अधिकारी सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभएको छ।

अधिवेशनबाट उपाध्यक्षमा बेलमाया पुन, सचिवमा नरमाया पुन, सहसचिवमा शिव पाण्डे तथा कोषाध्यक्षमा लिलबहादुर राना चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा सीता थापा, रमकान्त पौडेल, कृष्णबहादुर थापा, जमुना राना, बिन्दु शर्मा र उमा पुन निर्वाचित हुनुभएको छ।

लेखा समितिको संयोजकमा विष्णुप्रसाद ज्ञवाली तथा सदस्यहरूमा लीला घिमिरे र दुर्गाबहादुर तरामु चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक हरिप्रसाद अधिकारी ले जानकारी दिनुभयो।

नवनिर्वाचित अध्यक्ष अधिकारीले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र दिगो उपयोगका लागि सबै उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले पारदर्शी र प्रभावकारी व्यवस्थापनमार्फत स्थानीय समुदायको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्