ओलीको गिरफ्तारीविरुद्ध कपिलवस्तुमा नाराबाजीसहित प्रर्दशन


१४ चैत्र २०८२, शनिबार १९:३६ मा प्रकाशित

मिना थापा
कपिलवस्तु, १४ चैत्र । नेकपा एमालेका कार्यक्रताहरुले कपिलवस्तुको चारनम्बर जितपुरमा नाराबाजीसहित प्रर्दशन गरेका छन् । उनीहरुले गृहमन्त्री सुदन गुरुङको राजीनामा माग समेत गरे ।

अध्यक्ष केपी ओलीको गिरफ्तारीविरुद्धको प्रदर्शनमा उनीहरूले गृहमन्त्रीको राजीनामाको माग गरेका थिए । चार नम्बर–तौलिहवा सडक खण्ड अन्र्तगत नाराबाजी गरेका एमाले नेता कार्यक्रताहरुले प्रतिशोधको राजनीति गर्न खोजिएको भन्दै तत्काल निर्णय सच्याउन पनि माग गर ।

एमाले जिल्ला अध्यक्ष बाबुराम खनालसहित नेताहरु गिरिधारीलाल न्यौपाने, झविलाल पोख्रेलसहितका नेताहरु नाराबाजी गर्दै सडकमा उनीहरुले अन्यायपूर्ण र गैरकानुनी गिरफ्तारी भएकाले एमाले पार्टी अध्यक्ष ओलीको रिहा हुनुपर्ने दाबी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्