ओली र लेखकलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति


पालिका पत्र

१५ चैत्र २०८२, आईतवार १९:१२ मा प्रकाशित

काठमाडौं १५ चैत्र ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकविरुद्ध अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले १० दिनको म्याद माग गरे पनि अदालतले ५ दिनको मात्रै म्याद दिएको हो।

न्यायाधीश आनन्द प्रसाद श्रेष्ठको इजलासले दुवैलाई ५/५ दिनको म्याद थप गर्ने अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्