तौलिहवाको आनन्दबागमा ट्याम्पु र मोटरसाइकल ठोक्किए, तीन जना घाइते


पालिका पत्र

17 October, 2026 6:32 pm मा प्रकाशित

तौलिहवा, ३१ असोज । कपिलवस्तुको सदरमुकाम तौलिहवामा ट्याम्पु र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।गौडीचोक–भिक्षुचोक सडकखण्डअन्तर्गत आनन्दबागमा ट्याम्पु र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याम्पुमा सवार कपिलवस्तु नगरपालिका–३ सडवाकी ४० वर्षीया राधिका अहिर घाइते भएकी छन् । त्यस्तै, मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–३ महिताका २७ वर्षीय सुमन घिमिरे र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ का २६ वर्षीय सृजना कुमार पाण्डेय पनि घाइते भएका छन् ।

घाइते तीनै जनालाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको छ । उनीहरूको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।दुर्घटना कसरी भयो भन्नेबारे थप विवरण प्राप्त हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्