एभरेष्ट कप भलिबलको उपाधि छात्रतर्फ कुवरवर्ती र छात्रातर्फ एभरेष्टलाई


appharu

८ माघ २०७९, आईतवार १९:२८ मा प्रकाशित

पालिकापत्र, बुटवल । एभरेष्ट बोर्डिङ स्कुल बुटवलको आयोजनामा बुटवलमा सम्पन्न आठौ जिल्लास्तरीय अन्तर माबि एभरेष्ट कप छात्र छात्रा भलिबल प्रतियोगिता २०७९ को उपाधि छात्रतर्फ कुवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा ८ प्रदीपनगर र छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुल बुटवलले जितेका छन ।

आईतबार भएको फाईनल खेलमा कुंवरवर्तीले मणिमुकुन्द माविलाई ३–१ को सेट तथा छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुलले कुवरवर्ती बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा उपविजेता छात्रतर्फ मणिमुकुन्द मावि र छात्रातर्फ कुवरवर्ती नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएका छन । प्रतियोगितामा छात्रतर्फ कुवरवर्तीका सुर्य बिक र छात्रातर्फ एभरेष्ट कि शान्ता सुनार उत्कृष्ट खेलाडी घोषित हुदै पुरस्कृत भए ।

प्रतियोगितामा छात्रतर्फ सेन्ट जोसेफ बोर्डिङ स्कुल तथा छात्रातर्फ न्यु होराईजन तेस्रो हुंदै नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।

विजयी टिम र खेलाडीलाई बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, नेपाल अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, कालिका मानव ज्ञान माबि ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, विद्यालय ब्यवस्थापन समितिका सदस्य भिम बहादुर श्रेष्ठ, प्रधानाध्यापक कृष्ण न्यौपाने, सहप्रधानाध्यापक भिमसेन गौतमले पुरस्कार वितरण गरेका प्रतियोगिता संयोजक अर्जुन घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्