रुपन्देही बास्केट बल संघले विपन्नलाई बांड्यो राहत्


appharu

18 June, 2021 11:09 pm मा प्रकाशित

पालिका पत्र / बुटवल ।

कोरोना महामारीका कारण जारी निषेधाज्ञाको मारमा परेका बुटवलका अति विपन्न परिवारलाई रुपन्देही बास्केटबल संघले राहत स्वरुप खाद्यान्न बांडेको छ । संघले बुटवल लक्ष्मीनगर, संगमपथ र गोलपार्क क्षेत्रमा बस्ने र ज्याला मजदुरी गर्ने, ठेला तथा रिक्सा चलाउने मजदुर लगायतका अत्यन्तै निम्न वर्गका २० परिवार पहिचान गरेर राहत सामग्री वितरण गरेको हो ।

संघका अध्य्क्ष मनिष कुमार ह्योजुबाट व्यवस्था भएको २५ हजार रुपैयांले संघले प्रति परिवार १० केजी चामल, १ केजी दाल, १ लिटर तोरीको तेल, २ केजी पिठो, चना, सोयाबिन र मसला सहितको राहत सामग्री बांडेको संघका सचिव रोहिन भण्डारीले बताए । राहत सामग्री व्यवस्थापन तथा वितरणमा संघका बरिस्ठ उपाध्यक्ष बुद्धि बसेल, सचिव रोहिन भण्डारी, कोषाध्यक्ष मोति घताने, र सहयोगीहरु हरि देवकोटा, जगदीश तुलाचन, अजय श्रेष्ठ, लक्ष्मण थापाको सहभागिता रहेको थियो ।

बास्केट बल खेलको विकासमा विभिन्न काम गर्दै आएको संघले सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्छ भन्ने उद्देश्यले कोरा्ना महामारीका कारण मारमा परेका विपन्न परिवारलाई खाद्यान्न दिएर उनीहरुको दुख्मा साथ दिएको अध्यक्ष ह्योजूले बताए ।

प्रतिक्रिया दिनुहोस्