माधव नेपाल समूह कारबाही भोग्न तयार, ओलीलाई स्पष्टीकरण नबुझाउने


appharu

१० जेष्ठ २०७८, सोमबार १४:०६ मा प्रकाशित

काठमाडौं ।
एमाले नेता माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएको छ । एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित कमिटी भंग गरेपछि ओली अवैध अध्यक्ष भएको भन्दै अवैधानिक अध्यक्षलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको नेपाल समूहको निष्कर्ष छ ।

स्पष्टीकरण सोधिएका नेता भीम रावलले राष्ट्रहित विपरीत गतिविधि जारी राखेका ओलीले जनतासामु स्पष्टीकरण दिनुपर्ने बताए ।

‘सत्ताको दुरुपयोग गर्दै राष्ट्रहित विपरीतका काम गरेका ओलीलाई स्षष्टीकरण सोध्ने कुनै अधिकार छैन । यो कथित स्पष्टीकरणको जवाफ दिनु आवश्यक छैन,’ उनले भने ।

अध्यक्ष ओलीले नेपाल समूहका ११ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए । उनले नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, निरादेवी जैरु, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का र कलिला खानलाई स्पष्टीकरण सोधेका हुन् ।

स्थायी कमिटी बैठकमार्फत विपक्षी गठबन्धनले दायर गरेको रिटमा हस्ताक्षर गरेका सांसदहरूलाई अध्यक्ष ओलीले कारबाहीको तयारी गरेका छन् । एमालेको स्थायी कमिटी बैठक दिउँसो ४ बजे बालुवाटारमा बैठक बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्