कपिलवस्तु, ०६ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिकामा प्रहरीले अवैध रूपमा उत्पादन तथा बिक्रीका लागि राखिएको घरेलु मदिरामाथि कारबाही गरेको छ । प्रहरीले बाणगंगा नगरपालिका–४ क्षेत्रमा रहेको होटल तथा घरमा छापा मारेर करिब २०० लिटर अवैध लोकल मदिरा बरामद गरेको हो । यस्तै प्रहरीले ७ सय लिटर मदिरा बनाउन प्योग गरिने कच्चा पदार्थ नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय पिपरा तथा प्रहरी चौकी गजेहडाबाट खटिएको प्रहरी टोलीले असोज ६ गते दिउँसो करिब साढे १२ बजेसम्म बाणगंगा नगरपालिका–४ क्षेत्रमा चेकजाँच तथा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा अवैध रूपमा बिक्री तथा उत्पादनका लागि राखिएको लोकल मदिरा बरामद भएको प्रहरीले जनाएको छ। साथै मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थसमेत बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।
प्रहरीका अनुसार बरामद मदिरा तथा कच्चा पदार्थ आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको छ।
प्रहरीले चाडपर्वको समयमा अवैध मदिराको उत्पादन तथा बिक्री–वितरण बढ्न सक्ने भन्दै होटल, पसल तथा अन्य सम्भावित स्थानमा निगरानी र चेकजाँचलाई निरन्तरता दिएको जनाएको छ।

