ट्रिपल म्युटेन्ट नयाँ भेरियन्टको प्रवेश र सुरक्षित रहने तरिका


appharu

१० जेष्ठ २०७८, सोमबार १७:३९ मा प्रकाशित

टेकराज पन्थी ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरि ट्रिपल म्युटेन्टको कोरोना नेपालमा प्रवेश गरेको प्रमाणित गरेको छ । हरेक पटक रूप परिवर्तन गरि New Variant फैलिरहेको छ । विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (covid-19) नयाँ New Variant का कारण विश्व अहिले जटिल मोडमा पुगेको छ । कोरोना सङ्क्रमणले विज्ञानलाई नै चुनौंती दिइ रहेको छ । दिन प्रतिदिन लाखौँ मानिसहरुले ज्यान गुमाइ रहेका छन् । कोरोना सकियो, नेपालीको एम्युनिटी पावर बढी छ केहि हुँदैन् भन्ने सोच अत्यन्त गलत रहेछ भन्ने प्रमाणित भै सकेकोछ । जुन मात्रामा कोरोना बढेको छ त्यसलाई हामीले चेनब्रेक गरेर रोक्न सकेनौं भने अस्पतालहरूमा लगभग बेड भरि सकेका छन्, सरकारले पनि थाम्न नसक्ने स्थिति रहेको छ । त्यसैले अब हामी आफै शतर्क हुनु जरूरी छ । हेलचक्राई नगरौ । यस्तै हामी शतर्क रहन अलिकति पनि भुल्यो भने सरकारले लकडाउन बाहेक अरू केहि गर्न नसक्ने स्थिति आउन सक्छ ।

अहिले नेपालमा पनि कोरोनाको ट्रिपल म्युटेशन नयाँ भेरियन्ट (B.1.617.1 र B.1.617.2) भनिएका यी भाइरसलाई भेरियन्ट द्य.ज्ञ.टज्ञठ.द्द र B.1.617.2 र B.1.617.1 नामाकरण गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । ट्रिपल म्युटेशनले एउटाले जुन शरीरमा रोगसँग लड्न सक्ने एम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) लाई छक्याएर शरीरमा छिटो आक्रमण गर्न सक्ने, अर्को एउटा मानिसबाट अर्को मानिसमा छिटो फैलिने र अर्को सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहने हुदा यसलाई ट्रिपल म्युटेशन भनिएको हो ।

कोरोनाको नयाँ Variant का कारण छिमेकी मुलुक भारतमा हेरौ निकै जटिल मोडमा पुगेको छ । हामी पनि त्यस्तै मोडमा पुग्न थालेको अवस्था छ । तर अर्को छिमेकी मुलुक चीनमा हेर्दा सावधानी र नयाँ रणनीतिबाट कोरोना नियन्त्रणमा रहेको पाईएको छ। नयाँ ट्रिपल भेरियन्टमा एउटा भारतीय र अर्को यूके भेरियन्ट भनिएको छ ।

भाइरस थप सङ्क्रामक र घातक हुने वा आफैं हराएर जाने हुन्छन् भन्ने विज्ञहरूको भनाई छ । विश्व स्वास्थ्य संगठनका अनुसार भाइरसले आफ्रनो संख्या वृद्धि गर्ने क्रममा आफूमा थोरै परिवर्तन ल्याउँछ। यो परिवर्तन आउनुलाई म्युटेसन भनिन्छ। नयाँ भेरियन्ट वा नँया स्ट्रेन पहिलो स्ट्रेन भन्दा निकै द्रुतगतिमा फैलन सक्छ। ट्रिपल म्युटेन्ट भाइरस नयाँ भेरियन्टले पहिले संक्रमण वा खोपबाट बनेको क्षमतालाई छल्न सक्ने भएको कारणले यो धेरै संक्रामक भएको विज्ञहरुको भनाइ छ । नयाँ भेरियन्टको लक्षणहरु ज्वरो आउने, लगातर खोकी लाग्ने, गन्ध तथा स्वाद हराउने, शरीरमा दुखाई र पीडा हुने, पखाला लाग्ने, टाउको दुख्ने, घाँटी दुख्ने, छालामा दाग देखिने र औंलाहरुमा विकृति हुने, अक्सिजन लेवल कमी गराउने, आँखा पोल्ने आदि हुन्छ भनेर वैज्ञानिकहरूले वताएका छन् । विभिन्न देशले कोरोनाको लागि निर्माण गरेका भ्याक्सिनहरु लगाएको छु भनेर लापर्वाही गर्नु हुदैन ।

राम्रोसँग मास्क लगाउने, कम्तिमा ३० सकेण्डसम्म साबुन पानीले राम्रोसँग हात धुने, कम्तिमा ६ फिटको सामाजिक दुरी बनाउने, भिडभाडमा नजाने, अति जरूरी नपरी घर बाहिर ननिस्कने र भीडभाड स्थलमा सकभर नजाने जानै परेमा स्वास्थ्य सुरक्षा पूर्णरूपमा पालना गर्ने, आत्मबल बलियो बनाउने, नआत्तिने गर्नु पर्दछ । सवै पालना गर्न सकेमा कोरोना संक्रमित भएपनि त्यसलाई पराजित गर्न सकिन्छ ।

सन् १९७४ मा जापानिज बायोइन्जिनियर ताकुओ ओयागिले पल्स अक्सिमिटर आविष्कार गरेका हुन । अक्सिजनको मात्रा संगसंगै नाडीको गति पनि बताइदिने हुनाले यसको नाम पल्स अक्सिमिटर नाम रहन गएको भनिन्छ । स्वस्थ्य मान्छेको शरीरमा अक्सिजन स्याचुरेशन ९५ प्रतिशतभन्दा बढी रहेको हुन्छ। ९० प्रतिशतसम्म देखाउदा र कुनै लक्षण नहुदा यसलाई ठुलो समस्या होइन भन्ने विज्ञहरूको भनाई रहेको छ। ९० प्रतिशत भन्दा तल देखाएको खण्डमा भने सोधीखोजी गर्नु पर्दछ । कहिलेकाँही यसको मापन गर्न नमिलेको हुनसक्ने हुँदा कम देखायो भन्दैमा एकै पल्टमा आत्तिहाल्नु भने हुदैन । हातका औंलामा थोरै चिसो भएमा वा राम्रोसँग औंला नराखेमा पनि सहि नदेखाउन सक्छ ।

क्सिजन कमी भयो भनेर आत्तिनु हुँदैन । झ्याल ढोका खुला राखेर शुद्ध हावा लिने, औंलाहरू चिसो हुनु हुहैन यसो भएमा पल्सअक्सिमिटरले सहि मापन गर्दछ । अक्सिजनको उचित ब्यवस्थापन हुन नसकेको कारणले कालो बजार गर्नेहरू भित्र भित्रै सल्बलाई रहेका छन्। नेपाल प्रहरी सकृय रूपमा अनुसन्धान गरिरहेको छ र नेपाली सेनाले अक्सिजन ब्यवस्थापनमा केहि स्थानमा खटिएको पाईन्छ । त्यसैले अक्सिजन नपाईला भनेर आत्तिनु पर्दैन भन्ने अनुमान गर्न सकिन्छ ।

Covid-19 को महामारीबाट विश्व नै आक्रान्त बनेको अवस्थामा लगभग सबैले मास्कको प्रयोग गर्ने गरेका छन् । संसारमा लाखौं प्रकारका भाइरस छन्, कोरोना पनि तीमध्ये एउटा हो । भाइरस अत्यन्त सूक्ष्म हुन्छ । यो ब्याक्टेरिया (कीटाणु) भन्दा पनि सानो हुन्छ । ब्याक्टेरिया आफै सामान्य जीवकोषभन्दा १० गुणा सानो हुन्छ । जसको आकार ०.२ माइक्रोनदेखि १० माइक्रोनसम्म हुन्छ । अर्थात्, धुलो नुनको एउटा सानो दानाभन्दा एक हजार गुणा सानो हुन्छ ब्याक्टेरिया । त्योभन्दा सय गुणा साना हुन्छन् भाइरस । त्यसैले यिनलाई सामान्य प्रकारका सुक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) ले पनि देख्न सकिँदैन । भाइरसको अध्ययन गर्ने छुट्टै विधा छ जसलाई भाइरोलजी (Virology) भनिन्छ ।

निशेषाज्ञामा पनि मानिसहरू बिनाकाम मास्क नलगाई हिडडुल गर्ने, हाटबजार, भिडभाडस्थल जस्ता क्षेत्रमा मास्क नलगाई मानिसहरू मनपरि हिडिरहेको देखिन्छ । महामारीलाई पुरा वेवास्ता गरेको देखिन्छ । अलि समस्या परेमा सरकारले केहि गरेन भनेर सरकारलाई दोष दिनेहरू पनि भेटिन्छन् । नागरिकको कर्तब्य र दायित्व के हो भन्ने विषयमा हामी सवैले भुलेका हुन्छौं । विश्वब्यापी महामारीको रूपमा फैलिएको यस्ता विषयमा विज्ञहरूले ब्यापक अध्ययन अनुसन्धान गरेका छन् । Vaccine सवैलाई पुगेको छैन, नेपालमा पहिलो डोज लगाउनेहरू करिव ७ प्रतिशत मात्र पुगेको पाईन्छ र भ्याक्सिनको पनि पूर्ण भरपर्न सकिएको छैन, स्वास्थ्य मापदण्ड पालना नगरेमा भ्याक्सिनले मात्र केहि गर्न सक्दैन, अहिले ब्यापक भएको सवै उमेर समूहका मानिसमा छिटो फैलिन सक्ने ट्रिपल म्युटेशन कोरोनाको नयाँ भेरियन्ट नेपालमा समेत प्रवेश गरिसकेको हुँदा सवै सचेत रहन, पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गर्न जरूरी छ । तेस्रो लहरको महामारीलाई हामी सवै सचेत र एक भै कडाईका साथ स्वास्थ्य मापदण्ड अप्नाउन सम्पूर्ण युवाहरू लाग्नुपर्ने अवस्था सृजना भएको छ । जीवन रहेमा धन, सम्पत्ती, नातागोता, इष्टमित्र, मनोरञ्जन सवैकुरा प्रयोग गर्न सकिन्छ ।

यो कोरोना भाईरस पहिला जस्तै रूघाँखोकी लाग्ने, ज्वरो आउने, गन्ध हराउने जस्ता पहिला कै Covid-19 का लक्षण हुन तर यो भेरियन्टको फरक भनेको छिटो मानिसको शरीरमा आक्रमण गर्ने, संक्रमण छिटो फैलिने र सवै उमेर समूहका मानिसमा छिटो सर्ने नै हो । त्यसैले हेलचक्रयाई नगरी ब्यक्ति, समाज र समुदायको स्वास्थ्य सुरक्षामा जोडदिनु पर्ने जरूरी छ । कम्तिमा ६ फिटको सामाजिक दुरी कायम गरौ, स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गरौ, अत्यावश्यक काम बाहेक घरबाहिर नजाउ, भीडभाड नगरौ, नेपालमा हाल कोरोनाको संक्रमण दिनानुदिन बढीरहेकोले यसले विकराल रूपलिन सक्ने विज्ञहरूको भनाई रहेको हुदा यो रोगलाई गम्भिर रूपमा लिने गरौ, समय समयमा कम्तिमा तीस सेकेण्डसम्म साबुन पानीले हात धुने गरौ, खोप लगाएका वा खोप नलगाएका सवैले मास्क अनिवार्य लगाउने गरौ, यसो गर्न सकिएमा कोरोनाको संक्रमणबाट केहि हदसम्म बच्न सकिन्छ ।

सङ्क्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोना भाइरस शरीरमा छिर्न सक्छ। भाइरसले पहिला घाँटी, स्वासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ। बिस्तारै ती अङ्गलाई कोरोना भाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्यायउन सक्छन्। फोक्सो, मुटु, कलेजो लगायत शरीरको महत्वपूर्ण अंगमा असर गर्दछ । भाइरसको गुण भनौं वा अवगुण यो परजीवी हुन्छ । कुनै जीवित कोष बाहिर आफ्नै बलबुताले यो भाईरस वृद्धि हुन सक्दैन । यसकारण भाइरसलाई जीवित कोष मानिँदैन, न त निर्जीव । यो प्रकृतिको विशिष्ट उत्पादन हो । भाइरसका कारण मानिसमा विभिन्न रोग लाग्छन् । रुघाखोकी जस्ता रोग भाइरसकै कारण हुने हो । रोगप्रतिरोध क्षमताले गर्दा रुघा लागेको केही दिनपछि हामी ठिक हुन्छौं । विडम्बना के छ भने अहिले देखा परेको नयाँ कोरोना भाइरस विरुद्ध हामी सबैमा त्यस्तो प्रतिरोध क्षमता विकास भइसकेको छैन । त्यस्तो प्रतिरोध क्षमता नआउन्जेल अथवा औषधिको विकास र सवैलाई पुग्ने गरी Vaccine को उपलब्धता सवै मानिसलाई सहज नहुन्जेलसम्म मास्क लगाउने, स्वास्थ्य मापदण्ड पालना गर्ने, समय समयमा साबुन पानीले हातधुने जस्ता सावधानी अपनाउनु नै अहिलेलाई सबैभन्दा उत्तम उपाय हो ।

कोभिड–१९ मुख्यतः संक्रमित व्यक्तिले खोक्दा र हाच्छ्युँ गर्दा नाक अथवा मुखबाट निक्लिने पानीको छिटाहरूबाट सर्छ । सार्स–कोभी–२ को संक्रमणको मुख्य मार्ग श्वासप्रश्वासको अंग र नजिकको सम्पर्क हो । जब कोही स्वस्थ्य व्यक्ति श्वासप्रश्वास सम्बन्धी रोगका लक्षण जस्तै रुघाखोकी लागेको अर्को व्यक्तिको नजिकै सम्पर्कमा (छ फिट भित्र) आउँछ, तब संक्रमितले हाच्छ्युँ गर्दा वा खोक्दा निक्लिने थुकको छिटाको माध्यमबाट उसको मुख र नाक वा कन्जेक्टिवा (आँखा) बाट समेत संक्रमण फैलिने खतरा हुन्छ । थुकको छिटाको व्यास सामान्यतया ५–१० माइक्रो मिलिमीटरसम्म हुन्छ । कोरोना भाइरस मुख्यतया संक्रमित व्यक्तिको थुक, नाकबाट निस्कने सिँगान र उसले खोक्दा, हाच्छ्युँ गर्दा छचल्किने थोपाहरूबाट वा छीँ गर्दा निस्कने सिंगानबाट सर्दछ । त्यस्ता संक्रमित व्यक्तिको सिँगान वा खकार परेको कुनै पनि वस्तु जस्तैः पैसा, नोट, गहना, तरकारी र अन्य खाने वस्तुहरू वा ठाउँ जस्तैः ढोकाको ह्यान्डल, चुकुल, बार आदिमा स्वस्थ्य मानिसको हातले छुन पुग्यो र त्यस्तो छोएको हातले आँखा, नाक र मुख छुन गएछ भने पनि उसको शरीरमा यी भाइरसहरू सर्न सक्छन् र मास्क नलगाएको अवस्थामा नजिकैको कोरोना लागेको ब्यक्ति खोक्दा वा हाच्छिउ गर्दा छिटाहरूले मुखमा पर्न सक्छ । जसका कारण कोरोना छिटो फैलिन सक्छ । मास्क राम्रोसँग लगायो भने केहि हदसम्म रोक्न सक्ने हुन्छ ।

वैज्ञानिकहरूका अनुसार हालसम्म मानव शरीरमा सातथरी कोरोना भाइरस पत्ता लागेका छन् । तीमध्ये चार प्रकारका कोरोना भाइरस. मानव स्वास्थ्यमा खासै असर नगर्ने खालका छन् भने बाँकी तीन वटाले महामारी फैलाएका छन् । सन् २००२ मा सुरु भएको सार्स, सन् २०१२ को मर्स र सन् २०१९ डिसेम्बरदेखि फैलिएको हालको सार्स–कोभी–२ सबै कोरोना भाइरस परिवारका सदस्य हुन् । यी सबै कोरोना भाइरसहरू लाई प्राणीजन्य रोगलाई (जूनोटिक डिजिज) मानिन्छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा यो महामारी शुरू भएपछि वैज्ञानिकहरूले बिरामीका रगत र स्वाबका नमुना संकलन गरी कोरोना भाइरसको आनुवांशिक अध्ययन गरेका थिए । यसको बनावट अन्य जीवको जस्तो जटिल हुँदैन । प्रोटिनको खोलभित्र हुने न्युक्लिक एसिड (RNA or DNA) समेटिएर भाइरस बनेको हुन्छ । न्युक्लिक एसिड आफैंमा सजीव होइन । जीवनको एउटा आधारभूत अंश मात्र हो । हाम्रो शरीरका कोषहरुमा पनि DNA र RNA नामका न्युक्लिक एसिड हुन्छन् । भाइरसमा भएको न्युक्लिक एसिडले आफूलाई चाहिने प्रोटिन बनाउन र रासायनिक प्रतिक्रियामा सहभागी हुने क्षमता हासिल गरेपछि मात्रै त्यो सजीवको रुप धारण गर्छ । यसरी सक्रिय हुन उसले आफूलाई अनुकुल हुने वातावरण पाउनुपर्छ । त्यो अनुकुल वातावरण अन्य जीवको निश्चित कोष हुनसक्छ । त्यो कोषमा नपुगुन्जेल भाइरस निर्जिवसरह निस्क्रिय हुन्छ । तीन/चार दिनमा त्यस्तो अनुकुल वातावरण पाएमा त्यो सक्रिय हुनसक्छ । यसैले पनि भाइरसलाई निर्जीवबाट जिवित कोषबीचको परिवर्तन कालको एक अवस्थाको रुपमा लिइएको हो ।

मानिसहरूमा रोगविरुद्ध लड्ने क्षमता दुई तरिकाले विकास हुन्छ । पहिलो हो प्राकृतिक प्रक्रिया । मानव शरीरमा ब्याक्टेरिया, भाइरसजस्ता बाह्य जीवहरु प्रवेश गर्नासाथ त्यसको प्रतिक्रियामा हाम्रो रोग प्रतिरोधात्मक क्षमता सक्रिय हुन्छ । त्यस क्रममा शरीरले एन्टीबडी नामक रसायन उत्पादन गर्छ । त्यो एन्टीबडीले उक्त बाह्य जीवलाई नष्ट गर्छ । सार्स–कोभी–२ नयाँ भाइरस भएकाले मानव शरीरले यसको प्रवेश हुनासाथ चिन्न र एन्टीबडी उत्पादन गर्न समय लाग्छ । त्यसैले सबै मानिसमा रोग प्रतिरोधात्मक क्षमताले पूर्णतः काम गर्न सक्दैन । फलस्वरुप स्वास्थ्यमा जटिलता उत्पन्न हुने, खतर्नाक रूपमा निमोनिया गराउने र मृत्युसम्म हुने सम्भावना रहन्छ । निको नै भइसके पनि यो क्षमता मानव शरीरमा कति समय कायम रहन्छ भन्ने निर्क्योल भइसकेको छैन ।

दोस्रो हो खोपको माध्यमबाट रोग प्रतिरोधात्मक क्षमताको विकास । तर अहिले खोप बनिनसकेको भएता पनि सवै मानिसलाई पुग्न सकेको छैन । अहिले कोरोनाको ट्रिपल म्युटेशन नयाँ भेरियन्ट सम्बन्धमा वैज्ञानिकहरूद्वारा अनुसन्धान गरि रहेका छन् । प्राकृतिक वा खोप जुनसुकै प्रक्रियाबाट भए पनि विकसित भएको रोगविरुद्ध लड्ने क्षमता सय हप्ता भन्दा बढी समयसम्म सक्रिय भयो भने भविष्यमा यो रोगको संक्रमण दर निकै घट्न सक्छ भनेर विज्ञहरूले बताएको पाईन्छ । यसर्थ यो कोरोना भाईरस अत्यन्त खतरनाक छ भन्न सकिन्छ । मास्क मात्रले संक्रमण रोकिने सुनिश्चित हुँदैन । यसको साथै हात धुने र श्वासप्रश्वास सम्बन्धी स्वास्थ्यको ख्याल राख्ने तथा आफु र संक्रमित व्यक्त्तिहरूसित कम्तिमा ६ फिटको दुरी कायम राख्ने । मास्क ओसिलो हुने बित्तिकै नयाँ फेर्नु पर्छ र प्रयोग गरिसकेकोलाई उपयुक्त्त ढंगले फोहोर फाल्ने बन्द भाँडोमा बिसर्जन गर्ने र एकपल्ट मात्र प्रयोग गर्न बनेको मास्क पुनः प्रयोग नगर्ने । सामान्य प्रकारका मास्कले हावामा हुने भाइरस र ब्याक्टेरियाबाट सर्वसाधारणलाई प्रभावकारी सुरक्षा दिँदैन । धेरैजसो भाइरसहरू हावाबाट नै मानिसमा सर्ने गर्छ। त्यस्ता मास्कहरूले नाक र मुख छोप्ने भएपनि ती खुकुला हुन्छन् र तिनमा हावा फिल्टर गर्ने व्यवस्था हुँदैन एवम् आँखा पनि छोप्दैनन् । त्यसैले गुणस्तरीय एवं राम्रो सर्जिकल मास्क लगाउनु जरूरी हुन्छ । तर हाच्छिउँ वा खोकीबाट र हातले मुख छुँदा भाइरस सर्न सक्ने अवस्थाबाट भने मास्कले केही हदसम्म सुरक्षा दिन सक्छन्।

घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अरूलाई पनि त्यसको जोखिमबाट जोगाउन मास्कले धेरै हदसम्म सहयोग पुर्या उने जनस्वास्थ्यविद्हरूको मत छ। तर मास्कको प्रयोग देखि त्यो निकाल्दासम्म उचित तरिका अपनाउन सकिएन भने मास्कको प्रयोग अर्थहीन र खतरनाक ठानिन्छ । मानिसले अनुहार छुने समयमा उचित सावधानी अपनाउनु पर्दछ । छिउँ गर्दा आफ्नो मुख छोप्ने, हात धुने, हात नधोइकन हातले मुख नछुने जस्ता कार्यले नै श्वासप्रश्वासबाट भाइरस सर्न सक्ने जोखिमलाई धेरै हदसम्म सीमित तुल्याइदिन्छ । त्यसैले विज्ञहरू सर्जिकल मास्क प्रयोग गर्न सल्लाह दिन्छन् । कतिपय देश र शहरहरूले पनि मास्कको प्रयोगलाई प्रोत्साहन गरिरहेका छन् र देशका भिडभाड हुने ठाउँ जस्तै सार्वजनिक यातायात, बजार, पसलहरू, बार तथा होटलहरूमा मास्क अनिवार्य बनाएका छन्। सामाजिक गतिविधिमा संलग्न हुँदा वा अरू घरका मानिसहरूसँग भेट्दा मास्क प्रयोग गर्नु पर्दछ । मास्कको उचित प्रयोग भएमा कोरोनाभाइरसका विभिन्न म्युटेन्टहरूलाई नियन्त्रणमा मद्दत गर्न सक्छ । कसैले मास्क नलगाई हिड्छ र मेरो स्वतन्त्रता हो भन्छ भने त्यो मूर्खता मान्नु पर्दछ ।


मास्क निरन्तर प्रयोग गर्दा ६ घण्टामा परिवर्तन गर्नुपर्छ । आफ्नो अनुहारमा फिट हुने मास्कको प्रयोग मात्र प्रभावकारी हुन्छ, जस्तै मास्कले नाक, मुख राम्रोसँग ढाकिनुपर्छ । डिस्पोजेवल मास्कको पुन प्रयोग गर्नु हुँदैन । प्रयोगपछि किटाणु नष्ट गरी व्यबस्थापन गर्नुपर्छ । मास्क लगाउँनु र फुकाल्नु अघि हात सावुन पानीले धुनुपर्छ । स्यानिटाइजरको प्रयोग पनि समय समयमा गर्न सकिन्छ । मास्कलाई गर्दनमा पुराएर छोड्नु हुँदैन । श्वासप्रश्वास सम्बन्धी सरुवा रोगको संक्रमणबाट बच्न मास्क जरुरी छ । सर्जिकल मास्कको नियमित प्रयोगले अस्पतालका स्वास्थ्यकर्मी र बिरामीलाई विभिन्न संक्रमण र बिरामी हुनबाट जोगाएको पाइएको विभिन्न अध्ययनले देखाएको छ ।

नेपालमा कोरोना भाईरसको प्रवेश गर्ने शुरुवाती दिनहरूमा मास्क लगाउने, जरूरी काममा सामाजिक दुरी कायम गरि मानिसहरू सँग भेटघाट गर्ने, कुनै वस्तु छोएमा सावुनपानीले हात धुने, हातधुन तत्काल संभव नभए हैण्ड स्यानीटाईजर प्रयोग गर्ने, डिस्इन्फेक्सन गरी सामाग्रीको वा स्थानको प्रयोग गर्ने, बाहिरबाट आएका पाहुनाहरू निश्चित समय क्वारेन्टिन बसेर चेक गराएर मात्र आफ्नो घर जाने अवस्था थियो। जुन व्यक्ति, परिवार, समाज र देश सुरक्षित गराउन धेरै संभव थियो । नेपालमा विश्वको तुलनामा विगत वर्षमा त्यति ठूलै क्षति गर्न सकेको थियन तर अहिले कोरोनाको डबल र ट्रिपल नयाँ भेरियन्टबाट समयमा शतर्क हुन सकिएन भने गम्भिर असर पुग्न सक्ने विज्ञहरूले अनुमान गरेका छन् । पछिल्ला दिनहरूमा स्वास्थ्य सुरक्षाका सामान्य उपाय सम्म पनि अवलम्बन हुन सकेका छैनन् । संङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले सही ढंगबाट युवाहरू परिचालन गरी चीनमा हालै प्रयोग गरेको युवा र रेसिडेन्टल कमिटीहरु (RC) लाई जिम्मेवारी (पुरा म्यान्डेट) दिएको रणनीति जस्तै नेपालमा नयाँ रणनीति लागू गरी समयमा कोरोना महामारीलाई नियन्त्रण गर्न सकिने देखिन्छ । अर्को तरिका नेपाल सरकारले सवै नेपालीलाई Vaccine दिने ब्यवस्था गर्नु जरूरी छ ।

भाईरसले स्वरूप परिवर्तन गरिरहने अवस्था देखियो । बंगलादेशमा कोरोना भाईरस हावामा एक घण्टा सम्म अडिन सक्ने पत्ता लागेको समाचारमा आएको थियो, अर्को भारतमा हालै देखिएको कोरोना बिरामीका लागि घातक बनिरहेको म्युकरमायकोसिस (ब्ल्याक फंगस) संक्रमण आँखा, नाक र कहिलेकाही दिमाग मै फैलिने खतरनाक कालो फंगस देखिएको छ । यो निकै दुर्लभ संक्रमण हो भनेर विज्ञहरूले बताएका छन् । यो म्यूकर फंगस साधारणतया माटो, बोटबिरूवा, कुहिएका फल, सागसब्जीमा पाईने विज्ञहरू बताउछन् । भारतमा कोभिड १९ बाट निको भईसकेका मानिसहरूमा ब्ल्याक फंगस नामक संक्रमण देखिएको डाक्टरहरूले बताएका छन् ।

कोरोनाका बिरामी बचाउन स्टेरोईड्सको प्रयोगबाट यो संक्रमण शुरू भएको त्यहाका विज्ञहरूले बताएको पाईन्छ । कोरोनाको नयाँ भेरियन्टका लहरमा यो फंगस इन्फेक्सन देखापरेको पाईन्छ। यसका लक्षणहरूमा नाक बन्द हुनु, नाकबाट रगत वा कालो तरल पदार्थ् निस्कनु, आँखा सुन्निनु र दुख्नु, परेला झर्नु, धमिलो देखिनु, आखिरमा अन्धो र बिरामीको नाकको वरिपरि कालो धब्वा पनि हुनसक्ने बताईएको छ । यसको उपचारका लागि एन्टिफंगल इन्जेक्सन मात्र यसको उपचारको उपाय हो भनेर विज्ञहरूले बताएका छन् । यसरी विभिन्न रोगबाट बच्ने भनेको मास्क लगाउने, एम्युनिटी बढाउने खालका खुराक खाने, माछा, मासु, अण्डा, हरियो सागसब्जी, गेडागुडी आदि प्रसस्त मात्रामा खाने, स्वास्थ्य मापदण्डको पालना गर्ने र सरसफाईमा निकै ध्यान दिने गर्दा धेरै रोगबाट बच्न सकिन्छ ।

महामारी नियन्त्रणमा आम नागरिकको पनि उत्तिकै दायित्व हुन्छ । जसले जहाबाट जे सहयोग गर्न सकिन्छ सवै मिलेर मात्र महामारी नियन्त्रण गर्न सकिन्छ । जीवन रहे सवै संभव छ । कोरोना भाईरस संक्रमण विकराल बन्दै गइरहेको बेला मास्क प्रयोगमा भने चरम लापरबाही बढ्दै गएको छ । खोप लगाएको अवस्थामा पनि भाईरस शरीरमा पस्न नदिन मास्क प्रयोग उत्तम विकल्प हो । अज पनि मास्क नलगाई हिड्ने, भिडभाड गर्ने, स्वास्थ्य सूरक्षा नअप्नाई गतिविधि गर्न दिने हो भने कोरोना संक्रमणको भयावह स्थिति निकै जटिल बन्न सक्छ। जनताको जीउधनको सुरक्षाका लागि यसमा सरकारले कठोर कदम चाल्नु पर्ने अवस्था पनि सृजना हुन सक्छ । संक्रमण दर दिन प्रतिदिन उच्च बनेको र मृत्युदर पनि बढ्दै गएकोले थप सचेतना अप्नाउन स्थानीय तह, प्रदेश सरकार र सुरक्षाकर्मीलाई सजक रहन सरकारले आग्रह गरेकोछ । हामी सवै संक्रमणको अवस्थालाई हेरेर गम्भीर हुनुपर्ने जरूरी छ ।

अव के गर्ने, आफ्नो दायित्व र कर्तब्यलाई आजै बुझ्न आवश्यक छ। तातो तातो घरको खानासँग दुध, गेडागुडी, अण्डा, सुप, प्रोटिनयुक्त खाना, तातो पानीमा हल्का मह राखेर खाने, उमालेको मनतातो पानीमा कागती राखेर खान पनि सकिन्छ, ज्वानो पानी, बेसार पानी, अदुवा, तुलसी, गुर्जो, जेठिमधु, तातो पानी आदि प्रशस्त मात्रामा खाने र समय समयमा पानीको बाफ लिंदा आराम हुन्छ। उच्च मनोवल बनाउने गर्नु पर्दछ । नआत्तिने र आत्मबल बढाउन सकेमा केभिड– १९ बाट संक्रमित भएका प्रायः सवै व्यक्ति पूर्ण रूपले आफै निको हुन सकिन्छ । उदाहरणका लागि बाघ भन्दा हरिणको गति तीव्र हुन्छ, बाघले हरिणलाई लखेट्छ तर हरिणले बाघ भन्दा म कमजोर छु भन्ने ठानेर चिन्ता, डर र त्रासले गर्दा अघिपछि हेर्दैमा समय खर्चेर डरले आत्मबल कमजोर हुदै जान्छ अनि बाघले हरिणलाई भेटाएर मारेर खान्छ। आत्तिने र आत्मबल बलियो बढाउन नसक्ने हो भने बिरामी मात्र होईन स्वास्थ्य कर्मीहरूले पनि उपचार गर्न अप्ठेरो हुन सक्छ । सवै भन्दा ठूलो सकारात्मक सोच र बलियो आत्मबल नै हो ।

अक्सिजनको अभाव हुन नदिन सरकारले नयाँ ल्पान्टको स्थापना गर्ने, अक्सिजनको चोरी निकासी र कालो बजारीलाई निर्मूल गर्न अधिकार सहितको विशेष टोली गठन गरी परिचालन गर्ने, अक्सिजन ल्पान्टहरूमा डेडिकेटेट विद्धुत लाईनको ब्यवस्था गर्ने र ल्पान्टमा काम गर्ने कामदारहरूलाई उत्साहित, उत्प्रेरित गर्ने किसिमका स्किम वा प्याकेजको ब्यवस्था गर्ने, हाललाई अस्पताल, कोरोना उपचार केन्द्र जस्ता अत्यावश्यक क्षेत्रमा मात्र अक्सिजन उपलब्ध गराउने ब्यवस्था मिलाउने, अवकाश प्राप्त चिकित्सक, पारामेडिक्सहरूलाई कम्तिमा एक बर्षका लागि करारमा लिने, अध्ययन सकेका तर इन्टनसिप गर्न बाकी रहेका मेडिकल विद्धार्थीहरूलाई समेत विशेष ग्राह्यताका साथ उपचारमा समावेश गर्ने व्यवस्था गर्ने, हरेक पालिकामा कम्तिमा जनशक्ति सहित १० शैयाको अक्सिजन समेतको आईसोलेसन, चारवटा एचडि मोनिटर शैया, दुईवटा सम्म आइसीयू र एउटा सम्म भेन्टिलेटर समेतको अस्पताल ब्यवस्था गर्न जरूरी छ । हाल सञ्चालनमा रहेका सरकारी, नीजि, सामुदायिक अस्पताल र मेडिकल कलेजहरूका ८० प्रतिशत शैया अनिवार्य रूपमा कोरोना संक्रमितको उपचार गर्न नेपाल सरकारले नीतिगत र संस्थागत ब्यवस्था गर्न जरूरी छ । यसो भएमा कोरोना संक्रमणको भयावह स्थितिको सामना गर्न सजिलो हुने र मानवीय क्षति कम गर्न सकिनेमा विश्वास गर्न सकिन्छ ।

डबल र ट्रिपल म्युटेन्टको कोरोना भाईरसबाट बच्न हामी सवैले पूर्ण रूपमा स्वास्थ्य मापदण्डको पालना गरी अनिवार्य रूपमा गुणस्तरीय मास्क प्रयोग गर्नै पर्दछ । सञ्चार माध्यम र सञ्चारकर्मीहरूबाट पनि जनचेतनामूलक सन्देश प्रवाह गरौं । भाईरसलाई सवै मिलेर परास्त गरौं सवै एक जुट भै कोरोना महामारीलाई परास्त गर्नु जरूरी छ । जीवन रहे धन, सम्पत्ति, नातागोता, इष्टमित्र, भाईभतिजा, राजनीति, सत्ता, विकास, शिक्षा, कृषि, आफन्त, घरजग्गा, पुलपुलेसा, बाटाघाटा आदि सवै हुन्छ ।


त्यसैले कोरोनाको महामारीमा सवै एकजुट भई संक्रमण फैलिन नदिई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सामाजिक अभियन्ता, उद्धोगि, ब्यापारी, सामाजिक संघसंस्था, सञ्चारकर्मी, कर्मचारी, सुरक्षाकर्मी, ब्यक्ति, सामाजिक अगुवा सवैले जसले जे सहयोग र योगदान गर्न सकिन्छ सहयोग गर्न र कोरोना महामारीलाई परास्त गर्न एकजुट भएर हातेमालो गर्न सवैलाई हार्दिक अपिल गर्दछु । महामारीमा सवै एकजुट हुन, कोहि पनि नआत्तिकन सकारात्मक सोच र बलियो आत्मबल बनाएमा घरबाटै परास्त गर्न सकिनेमा विश्वास गर्न सकिन्छ ।

(लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्