मन्त्रिपरिषद् बैठकः चीन, कतार र टर्कीको उडान खुला गर्ने निर्णय


appharu

१४ जेष्ठ २०७८, शुक्रबार ०८:५४ मा प्रकाशित

काठमाडौँ ।
सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकले जुन १ अर्थात् जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको एक मन्त्रीले बताए । चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलेमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि तीनै देशमा सातामा एउटा उडानका लागि खुला गरिएको ती मन्त्रीको भनाई छ ।

वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्