स्पेनिस ला लिगाः आफ्नो अन्तिम खेलमा बार्सिलोना विजयी


appharu

९ जेष्ठ २०७८, आईतवार १०:३४ मा प्रकाशित

एजेन्सी ।
बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा एन्टोनी ग्रीजम्यान नायक बने । उनले खेलमा निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८१ औं मिनेटमा ग्रीजम्यानले निर्णायक गोल गरेका हुन् ।

यस जितसँगै बार्सिलोनाले सिजनको सुखद अन्त्य गरेको छ । बार्सिलोना यस सिजन तेस्रो स्थानमा रह्यो । बार्सिलोनाले ३८ खेलमा ७९ अंक जोड्यो ।

इबर भने पुछारमा रहदै रेलिगेसनमा परेको छ । इबरले यस सिजन ३० अंक जोड्यो ।

प्रतिक्रिया दिनुहोस्