माधवप्रसाद रेग्मी लोकसेवा आयोगको अध्यक्षमा नियुक्त


appharu

१० असार २०७८, बिहीबार १७:१६ मा प्रकाशित

काठमाडौं ।
लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी नियुक्त भएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई अध्यक्षमा नियुक्त गरेकी हुन्।

संवैधानिक परिषद्ले वैशाख २७ गते गरेको सिफारिस अनुसार रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए।

त्यसैगरी आयोगको सदस्यमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जुकमारी महतो नियुक्त भएका छन्। योसँगै राष्ट्रपति भण्डारीले बिहीबार एकसाथ संवैधानिक आयोगका २० पदाधिकारीलाई नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा। हरि पौडेल र डा। सुमित्रा श्रेष्ठलाई नियुक्त गरेकी छन्।

त्यसैगरी निर्वाचन आयोगको आयुक्तमा सगुन शम्शेर जबरा नियुक्त भएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा विपिनराज निरौला, राष्ट्रिय महिला आयोगमा जया घिमिरे, राष्ट्रिय महिला आयोगमा सावित्राकुमारी शर्मा, राष्ट्रिय दलित आयोगमा सुन्दर पुर्कुटी सदस्यको रुपमा नियुक्त भएका छन्।

राष्ट्रपतिबाट संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त स् कसको नियुक्ति कता रु ९सूचीसहित०
राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सेना नियुक्त भएका छन् भने सदस्यमा पुष्पराज तिमिल्सिना, मानप्रसाद खत्री नियुक्त भएका छन्।

त्यसैगरी आदिवासी जनजाति आयोगमा सूर्यबहादुर गुरुङ सदस्यको रुपमा नियिुक्त भएका छन् भने मधेसी आयोगमा आभाकुमारी, थारु आयोग सदस्यमा उमाशंकर प्रसाद चौधरी र शान्ति मोदी नियुक्त भएका छन्। मुस्लिम आयोगको सदस्यमा भने मोहम्मद समशुल हक नियुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्