शितगंगाको बजेटमा एकल पुरुषलाई भत्ताको व्यवस्था


appharu

१० असार २०७८, बिहीबार १८:१० मा प्रकाशित

पालिका पत्र, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाले आव ०७८/०७९ का लागि ८० करोड ९० लाख बराबरको बजेट प्रस्तुत गरेको छ ।
विहीबार नगर उप प्रमुख टिका रेश्मिले नवौं नगरसभामा उक्त बजेट प्रस्तुत गर्नुभएको हो । जसमा चालु तर्फ ४४ करोड ६५ लाख र पुँजीगत तर्फ ३६ करोड २४ लाख बराबर रहेको छ ।

निति तथा कार्यक्रमसहित प्रस्तुत बजेटमा कृषि, सडक, स्वास्थलाई प्राथमिकता दिइएको छ शितगंगाले जनताको माग बढी हुने खानेपानी र सिंचाईका पाइप, पहिरोबाट बचाउनका लागि प्रयोग गरिने जालीमा यो बर्ष बढी बजेट विनियोजन गरेको छ ।

नगरपालिकाका नगर प्रमुख सूर्य प्रसाद अधिकारीले प्रस्तुत गर्नु भएको निती तथा कार्यक्रममा खानेपानीको बिद्युत महसुलमा ७५ प्रतिशत अनुदान दिने गरि बजेटमा व्यवस्था गरिएको सभामा जानकारी गराउनुभयो ।

जनतालाई पर्ने आर्थिक भार कम गर्न बिद्युुत महसुल नगरपालिकाले तिर्ने भएको नगर प्रमुख अधिकारीले बताउनु भयो ।

यस्तै आगामी आर्थिक बर्षको बजेटमा एकल पुरुष र महिलालाई पनि भत्ता दिने गरि बजेट ल्याइएको छ । ३५ बर्ष पुगेका अबिवाहित महिला र ४० बर्ष पुगेका एकल पुरुषहरुलाई नगरले मासिक भत्ताको ब्यवस्था गर्ने भएको हो ।

यस्तै नगरपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएका ब्यक्तिहरुको आत्मबल बढाउन उनीहरुलाई पनि मासिक भत्ताको ब्यवस्था गरेको छ ।
यस्तै नगरपालिकाले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिद्ययेक आर्थिक ऐन २०७८ नगरसभाबाट स्वीकृत गरेको छ ।

सअनुसार व्यवसाय कर, पशुजन्य व्यवसाय कर, उद्योग व्यवसाय कर, पार्किङ शुल्क, नदीजन्य श्रोत, घरबहाल कर लगायतका २१ वटा क्षेत्रमा कर दस्तुर लागु गर्ने गरी ऐन पारित भएको प्रमुख प्रशासकीय अधिकृत प्रेम केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्