यस्तो छ रुपन्देहीका १५ पालिकाको बजेट, ओमसतियामा विवादले स्थगित


appharu

१० असार २०७८, बिहीबार २१:४६ मा प्रकाशित

पालिका पत्र, रुपन्देही ।
असार १० गतेभित्र वजेट ल्याउनुपर्ने संविधानले व्यवस्था गरे अनुरुप रुपन्देहीका १६ वटा पालिका मध्ये १५ पालिकाले वजेट सार्वजनिक गरेका छन् । तर ओमसतिया गाउंपालिकाले भने कार्यपालिकाभित्र दलगत द्वन्द्वले वजेट सार्वजनिक गर्न सकेन । वजेट ल्याएका सबै पालिकाहरुले स्वास्थ्य, कृषि, शिक्षा र पर्यटनलाई विशेष महत्व दिएर आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याएका छन् ।
कुन पालिकाको वजेट कति ?

बुटवल उपमहानगरपालिका :
बुटवलले २ अर्ब ५३ करोड २ लाख ४५ हजार ७१० रुपैयाँको बजेट ल्याएको छ ।

तिलोत्तमा नगरपालिका
तिलोत्तमा नगरपालिकाले १ अर्ब ९८ करोड ७६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

सिद्धार्थनगर नगरपालिका
सिद्धार्थनगरले १ अर्ब १८ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

सैनामैना नगरपालिका
सैनामैनाले एक अर्ब २२ करोड १९ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

देवदह नगरपालिका
देवदहले ९४ करोड रुपैयाँ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

लुम्बिनी सांस्कृति नगरपालिका
लुम्बिनीले ८० करोड ३९ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

सम्मरीमाई गाउँपालिका
सम्मरीमाईले ५३ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

गैडहवा गाउँपालिका
गैडहवाले ६६ करोड ८१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

मायादेवी गाउँपालिका
मायादेवीले ६३ करोड ८७ लाख रुपैयाँ बराबरको वजेट ल्याएको छ ।

रोहिणी गाउँपालिका
रोहिणीले ५५ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

कंचन गाउँपालिका
कंचनले ६३ करोड ३८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

मर्चवारी गाउँपालिका
मर्चवारीले ५३ करोड ३७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

कोटहीमाई गाउँपालिका
कोटहीमाईले ४४ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

सियारी गाउँपालिका
सियारीले ५९ करोड ४८ लाख रुपैयाँ बराबरको बजेट लयाएको छ ।

शुद्धोधन गाउँपालिका
शुद्धोधनले ५७ करोड ८२ लाख रुपैयाँ बरारको बजेट ल्याएको छ ।

ओमसतिया गाउँपालिका
माओवादी केन्द्रबाट जिल्लाकै एक मात्र पालिका अध्यक्षमा चुनाव जितेका हिरा केवट नेकपा एमाले (ओली समूह) मा लागेपछि बहुमत कार्यपालिका सदस्यहरुले बजेट र नीति तथा कार्यक्रम बहिस्कार गरेकाले ओमसतियाले बजेट ल्याउन सकेन ।

प्रतिक्रिया दिनुहोस्