माओवादी छाडेर एमालेका लागेका १४ जनप्रतिनिधिको पद रिक्त


appharu

25 June, 2021 7:09 am मा प्रकाशित

काठमाडौं ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ। माओवादीबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जनप्रतिनिधीको पद रिक्त भएको सूचना निर्वाचन आयोगले निकालेको हो।

पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन्।

७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो।

प्रतिक्रिया दिनुहोस्