![](https://i0.wp.com/palikapatra.com/wp-content/uploads/2021/06/corona_virus_7ExTFIjzqY.jpg?fit=800%2C450&ssl=1)
काठमाडौं ।
बेलायतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा सङ्क्रमण भएको पाइएको छ । यो गएको फेब्रुअरी ५ पछिकै दैनिक भेटिने सङ्क्रमितको सङ्ख्या भन्दा सबैभन्दा धेरै हो । कोरोनाका कारण गएको २४ घण्टामा थप २४ जनाको ज्यान गएको छ ।
सङ्क्रमणको सङ्ख्या बढेसँगै बेलायतमा तेस्रो लहरको जोखिम बढेको छ । त्यहाँ एक महिनायता दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको बीबीसीले जनाएको छ । बेलायतमा पाइएको सङ्क्रमणमध्ये ९० प्रतिशत डेल्टा भेरियन्ट रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
कोरोना विरुद्धको खोपका कारण सङ्क्रमितमा गम्भीर लक्षण भने देखिने समस्या घट्दै गएको खबरमा उल्लेख छ ।