रिब्दीकोटमा अनलाइनबाट पठनपाठनको तयारी


appharu

१५ असार २०७८, मंगलवार १४:२१ मा प्रकाशित

पाल्पा ।
पाल्पाका सामुदायिक विद्यालयले अनलाइन माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरेका छन् । रिब्दीकोट गाउँपालिकाले अनलाइन प्रविधिको प्रयोग गरी कक्षा ९ र १० को अनलाइन पठनपाठ्न सञ्चालन गर्ने तयारी थालेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । निषेधाज्ञाको अवधिमा बालबालिका अध्ययनबाट वञ्चित भएका छन् । विद्यालयमा उपस्थिति हुन नपर्ने भएपछि फुर्सदिला भएपछि बालबालिकाको अध्ययन प्रति रुचि हराएको छ । यसैलाई मध्यनजर गरी यहाँका विद्यालयले अनलाइन कक्षाको तयारी गरेका हुन् ।

असार १६ गतेदेखि अनलाइन प्रविधिको प्रयोग गरी पठनपाठ्न सञ्चालन गर्ने तयारीमा शिक्षा शाखा जुटेको गाउँपालिकाका अध्यक्ष जिसीले बताए । निषेधाज्ञा शुरु भएसँगै पाल्पाका सामुदायिक विद्यालय पूर्ण रुपमा बन्द भएका छन् । नीजि विद्यालयले निषेधाज्ञाको अवधिमा अनलाइनबाट पठनपाठन सञ्चालन गरेपनि सामुदायिक विद्यालय बन्द हुँदा विद्यार्थी पढ्नबाट वञ्चित भएका हुन् ।

पहिलो चरणमा कक्षा ९ र १० का विद्यार्थीलाई जुमबाट सिकाइमा निरन्तरता दिइने र यसको आधारमा अन्य कक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा सिकाइ हुने गाउँपालिकाका अध्यक्ष जिसीले बताए । उनका अनुसार अनलाइन प्रविधिमा विद्यार्थीको सहभागीता र शिक्षण सिकाइ प्रभावकारी भएको अवस्थामा तल्लो तहका कक्षाहरु अनलाइनबाटै सञ्चालन हुने बताए ।

शिक्षक महासङ्घ रिब्दीकोट र गाउँपालिकाको छलफलबाट अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख मणिप्रसाद खनालले बताए । शिक्षक महासङ्घका प्रतिनिधि र गाउँपालिकाका प्रतिनिधि बीचको छलफलले असार १६ गते देखि अनलाइन जुमको सहायताबाट पठनपाठन गराउने निर्णय भएको शाखा प्रमुख खनालको भनाइ छ । विद्यालयका सम्बन्धित विषयका शिक्षकमार्फत विद्यार्थीसँग सम्र्पक भइरहेको खनालको दाबी छ । अनलाइन प्रविधिबाट कक्षा सञ्चालन हुनु अगाडि नै विद्यार्थीसँग सम्र्पक गरी अनलाइन कक्षा सञ्चालन गर्न सक्ने अवस्था छ वा छैन भनी बुभ्mने काम भएको शिक्षा शाखाले जनाएको छ ।

विद्यालयले विषयगत शिक्षक तथा विद्यार्थीलाई १५ गते भित्र जुम आइडीको बारेमा जानकारी गराउने छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम चन्द अर्यालका अनुसार अभिभावकसँगै रहेर विद्यार्थीले अनलाइनबाट पठनपाठन गर्दा अनुशासित हुने र शिक्षण सिकाइ प्रक्रिया पनि प्रभावित नहुने बताइएको छ । रिब्दीकोट गाउँपालिकाको ग्रामीण क्षेत्रमा अव्यवस्थित रहेको अनलाइन कक्षा सञ्चालन गर्दा शिक्षक विद्यार्थीमा उत्साह आएपनि समय समयमा विद्युत् र इन्टरनेटमा आउने खराबीका समस्या हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्