ओमसतियाको गाउं सभा सञ्चालन नगर्न अदालतको आदेश


appharu

१५ असार २०७८, मंगलवार १९:१३ मा प्रकाशित

पालिका पत्र / ओमसतिया ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाको गाउंसभा असार २३ गतेसम्म सञ्चालन नगर्न अदालतले आदेश दिएको छ । गाउपालिका अध्यक्ष हिरा केवट र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा नियम कानून मिचेर गणपूरक संख्या नपु¥याई गाउंसभा वैठक राख्न खोजिएको भन्दै वहुमत कार्यपालिका सदस्य उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुगेका थिए ।

उनीहरुको निवेदनमाथि अन्तरिम आदेश जारी गर्दै न्यायाधीश शिवराज अधिधकारीको एकल इजलाशले गाउंसभा सम्बन्धी विवादमा दुबै पक्षलाई राखेर छलफल गरी निश्कर्षमा पुग्नुपर्ने भएकाले असार २३ गतेसम्म गाउंसभा सञ्चालन नगर्न आदेश दिएको छ । साथै अदालतले दुबै पक्षलाई असार २३ गते छलफलका लागि अदालत उपस्थित हुन भनेको छ ।

गाउंपालिकाका वहुमत वडा अध्यक्ष र कार्यपालिका सदस्य एकातिर हुंदा अध्यक्ष हिरा केवट अल्पमतमा परेका छन् । उनले प्रमुख प्रशासकीय अधिकृतसंग मिलेर कानून विपरित काम र निर्णयहरु गरेको भन्दै गाउपाकिलामा क्रियाशील एमाले (ओली पक्ष) वाहेकका पांच दलले २०७४ सालदेखिकै हिसाब सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्