मुख्यमन्त्री ज्यू बुटवलको जोखिमयुक्त जीर्ण सडक देख्नुहुन्छ कि नाई ?


appharu

29 June, 2021 8:15 pm मा प्रकाशित

पालिका पत्र/ बुटवल ।

जनता समाजवादी पार्टी बुटवल उपमहानगर समितिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई बुटवलको मुख्य राजमार्गको जोखिमयुक्त सडक देख्नुहुन्छ कि नाई ? भनेर प्रश्न गरेको छ । पुष्पलालचोक र चौराहामा कालो ब्यानगर टांगेर जसपाले मुख्यमन्त्री पोखरेललाई सम्बोधन गर्दै जीर्ण सडकका कारण दिनहुं दुर्घटनाको जोखिम बढेकोबारे ध्यानाकर्षण गराएको हो ।

बुटवलको पुष्पलाल चोक र चौराहामा खाल्डा परेर तथा ट्राफिकचोकमा उखडबाखडले सडक जोखिमयुक्त बनेको छ । जसपा बुटवलका युवा नेता विजय ढकालले आफूहरुले गत वर्ष पनि बुटवलको जीर्ण सडकको बेहाल अवस्थाबारे यसरी नै प्रदेश सरकारको ध्यानाकर्षण गराए पनि सडकको अवस्था उस्तै भएकाले यो वर्ष पनि सम्बन्धित निकायको धयानाकर्षण गराइएको बताए ।

‘यो मुख्यमन्त्रीसंगै सरोकारवाला सबैलाई ध्यानाकर्षण हो’–नेता ढकालले भने–‘यो सडक भएर प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद, पालिकाका प्रमुख लगायत थुप्रै जनप्रतिनिधि दिनहुं हिंड्छन् तर मर्मत गर्न कसैले चासो नदिनु विडम्बना हो ।’ जनप्रतिनिधिले चासो दिने हो भने तत्कालै सडक मर्मत हुने भन्दै उनले सडकका खाल्डाखुल्डी तत्काल मर्मत नगरे थप रचनात्मक आन्दोलन गर्ने ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्