विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको निधन


appharu

१८ जेष्ठ २०७८, मंगलवार १७:३४ मा प्रकाशित

काठमाडौं ।
विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्जवल थापाको निधन भएको छ । उहाँको उपचारका क्रममा आज दिउँसो निधन भएको हो ।

कोभिड–१९ बाट सङ्क्रमित थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । थापालाई श्वासप्रश्वासको समस्या भएपछि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । निमोनियाका कारण थापाको फोक्सोमा सङ्क्रमण फैलिएको डाक्टरले बताएका थिए । कोरोना भाइरसको सङ्क्रमण भएपछि उहाँलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यसपछि ह्याम्सबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो ।

गएको शुक्रवार उहाँलाई ग्राण्डीबाट नेपाल मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । मेडिसिटीमा इक्मो प्रविधिबाट उहाँको उपचार भइरहेको थियो । थापालाई चिन्ने प्राय सबैले उहाँको स्वास्थ लाभको कामना गर्दै आएका थिए ।

नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्ने उद्देश्य बोक्नुभएका थापा विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्वसंयोजक हुनुहुन्थ्यो । उहाँको उपचारका लागि रकम सङ्कलनसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्