वडा अध्यक्षमाथी प्रहरी दुर्ब्यबहारको बिरोधमा घोराहीका सबै वडा कार्यालय बन्द


appharu

१९ जेष्ठ २०७८, बुधबार १६:२० मा प्रकाशित

दाङ ।
बिपत्तिमा अहोरात्र खटिने घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेमाथी प्रहरी दुर्ब्यबहारको बिरोधमा घोराहीका सबै वडा कार्यालय आज एक दिनको लागि बन्द भएका छन ।

जनताको प्रतिनिधित्व गर्ने जनप्रतिनिधि प्रती नियोजित उद्देश्यले दुव्र्यवहार गर्ने प्रहरी अधिकृतको हर्कत क्षम्य नहुने भन्दै घोराही उपमहानगरका १९ वटै वडा अध्यक्षहरुले वडा कार्यालय बन्द गरिएको हो । प्रहरी अधिकृतको हर्कतले बिपत्तिको बेलामा सेवा गर्न हिडेका बडा अध्यक्षमाथिको प्रहरी ज्यादतीले सबैलाई दुखि बनाएको उल्लेख गर्दै बिरोधमा भएको वडा कार्यालय बन्दले जनतामा पर्न गएको असुबिधाप्रती क्षमाप्रार्थि रहेको वडा अध्यक्षहरुले उल्लेख गरेका छन । जनसेवालाई प्रभावित बनाइ सेवा गर्न खटिएकाहरुको मनोबल कमजोर पुर्याउन नियतले प्रहरीले गरेको ज्यादती ब्यबहारप्रती खेद जनक र घोर आपत्ति प्रकट उनिहरुले गरेका छन ।

घोराही उपमहानगरका प्रबक्ता तथा घोराही १८ का वडा अध्यक्ष भरत अर्यालले वडा अध्यक्ष पाण्डेमाथी भएको प्रहरी दुर्ब्यबहारको बिरोधमा उपमहानगरका सबै वडा कार्यालय बन्द भएको बताए । जनताको काममा खटिरहेको समयमा प्रहरीबाट भएको अमानबिय ब्यबहारको राम्रो नभएको भन्दै उनले प्रहरीको ज्यादतिवाला गतिबिधिले प्रहरी मेरो साथी अभियानमा नकारात्मक शन्देश प्रबाह गरेको उनको भनाइ छ ।

अब खेतिपातीको समय सुरु भइरहेकाले मल, बिउबिजनको ब्यबस्था र समन्वय गरिदिन वडा अध्यक्षहरु खटिरहेको उल्लेख गर्दै घोराही १५ का वडा अध्यक्ष पाण्डे र आफुसंगै रहेको बेला नै प्रहरी दुर्ब्यबहार भइरहेको भन्दै प्रबक्ता अर्यालले प्रहरीको ज्यादती धेरै नै रहेकाले यसको बिरोध गर्दै गलत काम प्रहरीले सच्याउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्