रुपन्देही जेठ ३१ गतेसम्म लम्बियो निषेधाज्ञा


appharu

२१ जेष्ठ २०७८, शुक्रबार ०७:२४ मा प्रकाशित

बुटवल ।
रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीएमसी) को सिफारिस अनुसार बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा बैशाख १६ गते यता निषेधाज्ञा जारी छ । यसपटकको निषेधाज्ञामा खाद्यान्न पसलहरु स्वास्थ्य मापदण्ड अपनाएर प्रत्येक दिन साँझ ८ बजेदेखि विहान ४ बजेसम्म खोल्न पाइने व्यवस्था मिलाइएको र अन्यको हकमा यसअघिकै निर्णय यथावत रहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

यस्तै मल बिउ लगायत कृषिस।ग सम्बन्धित वस्तुको विक्रि र उत्पादनलाई खुकुलो गरिएको तमाङले बताए । निषेधाज्ञा अवधिमा शान्ति सुरक्षा,स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, ब्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी जस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन गर्न पाइने छैन ।


प्रशासनले निषेधाज्ञा अवधिमा भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरेको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठि, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्यूटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्