स्थापना दिवसमा मानब अधिकार तथा शान्ति समाज कपिलवस्तुको अनुकरणीय काम


appharu

२१ जेष्ठ २०७८, शुक्रबार ०८:०८ मा प्रकाशित

पालिका पत्र, जितपुर ।

मानब अधिकार तथा शान्ति समाज कपिलवस्तले अनुकरणीय काम गरेर आफ्नो २६ औँ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा समाजले बाणगंगा भित्रका विभिन्न संचार गृह र इलाका प्रहरी कार्यलय पिपरालाई मास्क तथा सेनिटाइजर बितरण गरी स्थापना दिवस मनाएको हो ।

कोरोना भाइरसको यस विषम परिस्थितीमा पनि निरन्तर आफ्नो काममा खटिने संचारकर्मी र सुरक्षाकमीको हौसला बढाउन स्वाथ्य सामग्री वितरण गरिएको समाजका अध्यक्ष गोविन्द पोख्रेलले बताउनुभयो ।

अध्यक्ष पोख्रेलले आफु सुरक्षित रहदैै मानवीय सेवामा लाग्न मानवअधिकारकर्मी, सुरक्षाकर्मी, संचारकर्मी सबैमा आग्रह गर्नुभयो । आफूहरु निरन्तर सामाजिक, मानवीय तथा शान्ति अमनचयन गर्ने चेतनामुलक कार्यक्रममा रहेको भन्दै भोलिको दिनमा पनि यसलाई निरन्तरता दिने बताउनु भयो ।

कार्यक्रममा बोल्दै मायादेवी रेडियोका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले राज्यको चौथो अङ्गको रुपमा पत्रकारलाई दर्जा दिए पनि सुविधा दिन नसकेको बताउनु भयो । कोरोनाको यस कहरमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै पत्रकार पनि खटिएकाले शान्ति समाजको यो सहयोग निकै ठुलो राहत भएको बताउनु भयो । फ्रन्टलाइनमा खटिदा पनि कतैबाट साथसहयोग नआएको बेला समाजले गरेको यो सहयोगले कलम चलाउन थप हौसला प्राप्त भएको उहाँको भनाई छ ।

यसैबीच संस्थाका सदस्य सविन रनपालको जन्मदिन पनि बनाइएको छ । सविनले जन्मदिनको अवसरमा पत्रकार र सुरक्षाकर्मीलाई सेनेटाइजर प्रदान गर्नुभएको थियो । सामाजिक दुरी कायम गरी गरिएको कार्यक्रममा इलाका प्रहरी कार्यलय पिपराका सई खिम बहादुर जिसि, पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष मोहन बेलबासे, रेडियो बाणगंगाका स्टेसन म्यानेजर गणेश पोख्रेल, रेडियो हर्टविटका स्टेसन म्यानेजर हरि घिमिरे, रेडियो बुद्ध आवाजका नारायण पाण्डे, मानव अधिकारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संञ्चालन जिल्ला सचिव माधव घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्