दुई हजार जरिवाना तिरेर छुटे गणेश लामा


appharu

२८ जेष्ठ २०७८, शुक्रबार १७:१८ मा प्रकाशित

काठमाडौं ।
बिहीबार पोखरामा पक्राउ परेका नेता गणेश लामा छुटेका छन्। उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २ हजार रुपैयाँ जरिवाना तिराएर शुक्रबार छाडेको हो।

उनीसँगै पक्राउ परेका चन्द्र लामा र दीपक खड्कालाई पनि २ हजार रुपैयाँका दरले जरिवाना गरेर छाडिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

निषेधाज्ञामा हिँड्डुल गरेको भन्दै उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो। आज सोही कसुरमा जरिवाना तिराएर छाडेको हो ।

गण्डकी प्रदेश सरकार हलचल भइरहेका बेला लामा त्यहाँ पुग्नु र उनलाई पक्राउ गर्नुलाई यसैको चलखेलको रुपमा हेरिएको छ।

सरकार पक्षले उनी त्यसलाई प्रभावित पार्न त्यहाँ पुगेको आरोप लगाएका छन् भने शक्तिको दुरुपयोग गर्दै सरकारले पक्राउ गरेको विपक्षीको आरोप छ।

लामाको प्रदेश सरकारकै मन्त्री दीपक मनाङेसँग राम्रो सम्बन्ध छ। मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत दिएका थिएनन्।

विश्वासको मत नपाएपछि सरकार ढलेको छ। लगत्तै मनाङेले राजीनामा दिएका छन् भने मुख्यमन्त्रीले पनि उनलाई हटाएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्