बाणगंगा १० का विपन्न घरमा तरुण दल र नेविसंघ पुग्यो यसरी


appharu

२९ जेष्ठ २०७८, शनिबार १५:३६ मा प्रकाशित

मायादेवी अनलाइन, चारनम्बर ।

कोरोना कहरमा जनसेवामा लागिरहेको तरुण दल र नेपाल विद्यार्थी संघ कपिलवस्तुले बाणगंगा नगरपालिका वडा नम्बर १० का विपन्नहरुलाई सहयोग गरेको छ । पटनाको सोनपुरका विपन्न वस्तीमा पुगेर ती संगठनले इट्टा र जस्तासहितको सहयोग गरेका हुन् ।

तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी र नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल लगायतका १ दर्जन टोली करिब ढेड लाख मूल्य बराबरका निर्माण सामाग्री, चामल दाल नुन तेल, आटा नुन सर्फ सावनु, विद्यार्थीको लागि ड्रेस बोकेर सोनपुर पुगेका थिए ।

‘सामाजिक कामका लागि हाम्रो अभियान, जहा दुःख त्यहाँ पुग्छ नेबि संघ र तरुण दल’ भन्ने नाराकासाथ अहिले आफूअरुले काम गरिरहेको तरुण दलका भापति ठकुरीले बताउनु भयो ।

कोरोना महामारीको बेला दुःखमा परेका बिपन्न परिवारलाई सहयोग गर्नु अहिलेको दायित्व समेत रहेको उहाँको भनाई छ । विगतका बर्षहरुमा पनि अभियान चलाएको र आगामी दिनमा अभियान जारी रहने क्षेत्रीय सभापति पोख्रेलको भनाई छ । सहयोग पाएपछि सुनपुरका विपन्न परिवार खुसी भएका छन् ।

कार्यक्रममा तरुण दल र नेबि संघमा आवद्ध ८ जनाले सहयोग गरेका थिए । अभियानमा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, काँग्रेश पाका नेता विष्णु न्यौपानेलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्